Butwal Today

लायन्स क्लबद्वारा स्वास्थ्य शिविर

४ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

बुटवल, ४ फागुन

लायन्स क्लव अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल क्षितिज, लियो क्लव अफ बुटवल क्षितिज र लियो क्लब बुटवल स्टार्सको आयोजनामा मानपकडी स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक ३२५ डिष्ट्रिक गभर्नर अर्जुनमान सैजुले लायन्स क्लबले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताएका थिए ।

कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वास्थ्य शिविर आयोजना गरेर क्लवले गाउँमा राम्रो काम गरेको बताएका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स क्लव अफ बुटवल क्षितिजका अध्यक्ष धु्रव कुमार शर्मा, गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवाली, लायन्स इन्टरनेशनल ३२५ पि फस्ट भिडिजी पुरुषोत्तमभक्त प्रधानांङ्ग, सेकेन्ड भिडिजी बालाराम भट्टराई, डिष्ट्रिक एलसीसीएफ कोअडीनेटर सन्दीप कसौधन, पालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल, वडा नं. ५ का अध्यक्ष भन्द्रमान चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शिविरमा छाला तथा यौन रोग विशेषज्ञ डा. ज्वोति श्रेष्ठ, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. अनिता पुन सहितको स्वाथ्यकर्मीहरुको समूहले ५२५ सर्वसाधारणहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।