ट्रेंडिंग:

>> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए

मयुर नाँचमा ‘बुहारी प्रोत्साहन’

मयुर नाँच मा पुस्तान्तरण नहुँदा लोप हुने संभावना भएपछि बुटवल–१९ रानीबारीका मयुर नाँच अगुवाहरूले बुहारीहरूलाई तालिम प्रदान गरेर मयुर नाँचमा समावेश गरेका छन् । अहिले समूहमा रहेका सबै १९ जना बुहारीहरू नै हुन ।
४ फाल्गुन २०८०, शुक्रबार
४ फाल्गुन २०८०, शुक्रबार

बुटवल, ४ फागुन । बुटवल उपमहानगरपालिका वडा नम्बर–१९ रानीवारीका चौतारे प्रसाद थारु बुटवल उपमहनारपालिका मात्रै होइन रूपन्देहीकै पुरा मयुर नाँचको प्रवद्र्धक हुन । विगत ५०–५५ बर्ष देखि लोप हुन लागेको मुयर नाँच लाई उनले संरक्षण गर्दै आएका छन् । रूपन्देही देखि कपिलवस्तु, नवपरासी लगायतका स्थानमा हुने सांस्कृतिक माहोत्सव, मेला तथा समारोहमा उनको समूहको उपपस्थिति विगत लामो समय देखि हुँदै आएको छ ।

उनले स्थापना गरेको ‘थारु साँस्कृतिक मयुर नाँच झर्रा’ लाई उनले संस्थागत दिएका छन् । लामो समय देखि यो समुहको अध्यक्ष रहेका उनले ठूला ठूला कार्यक्रममाहरूमा समेत आफ्नो उपस्थिति जनाएका हुन । यसरी सास्कृतिक कार्यक्रममा आफ्नो मौलीक मयुर नाँच प्रदर्शन गर्दै आएका उनले विगतका बर्षहरूमा राजा, राष्ट्र प्रमुख राष्ट्रपति, प्रधानमन्त्री लगायतका अगाडी आफ्नो नाँच समेत प्रदर्शन गरेको अनुवभ छ । विगतमा राजालाई भैरहवामा अभिनन्दन गर्दा उनले प्रस्तुत गरेको मयुर नाँच बाट प्रभावित भएर ‘बक्सीस’ समेत पाएका थिए ।
पछिल्लो समयमा मयुर नाँच तथा संरक्षणको लागि युवा शक्ति पयालन हुने भएको कारण उनले उक्त नाँचको संरक्षणको लागि नयाँ जुक्ति निकालेका छन् । बुहारीहरूलाई नाँच सिकाउने ।

थारु समुदाय लगायत मधेसी समुदायमा अझै पनि बुहारीहरूलाई नाँच गान, मेला महोत्सव लगायतका सहभागीता गराउने प्रचलन कमै रहेको छ । तर चौतरे प्रसाद थारुले भने आफ्नो समूहलाई बुहारीहरूलाई सहभागी बनाएर विभिन्न स्थानमा नाँच प्रदर्शन गर्दै आएका छन् । उनी भन्छन्–‘छोरा मान्छेलाइ सिकायो उ विदेश गैजान्छ, छोरीहरूको विहे भएपछि उ पनि जान्छ, तर बुहारीहरूलाई सिकायो भने सधैलाई हुन्छ ।’
उनको समूहमा आवद्ध भएका ८ बर्ष १९ जना भन्दा बढि महिलाहरू सबै जना बुहारी नै छन् । २६ जनाको समुहमा महिलाहरूको संख्या १९ छन् । कुनै महिलाहरूलो ढकिया र अन्य मौलीक परम्परागत सामग्री बोकेर प्रदर्शन गर्दछन् भने समुहका ५, ६ जना महिलाहरूले लाठी लिएर मयुरको प्वाँख लगाएर मयुर नाँच नै नाँच्दै आएका छन् ।

अनिता थारु ‘थारु साँस्कृतिक मयुर नाँच झर्रा’ को सदस्य भएको लामो समय भएको छैन । उनी विगत ३ बर्ष देखि समुहमा आवद्ध भईएकी हुन भने मयुर नाँच विगत १ बर्ष देखि नाच्दै आएकी छिन् । उनी समुहमा अन्य पुरुष जस्तै मयुरको प्वाख लगाएर मयुर नाँच नाच्दै आएकी हुन । उनि भन्छीन्–‘सुरुवातमा त छोरा मान्छेसंग मिसिएर नाँच्न लाज लाग्यो, अहिले लाज लाग्दैन, लाठ्ी बजाउन, मयुर को प्वाखलाई हल्लाउन सहज सकिन्छन् । ’

उनले पछिल्लो समयमा अन्य बुहारी, सासुहरूको समेत समूहमा सहभागी हुँदा सहज भएको बताछिन् । बुटवल– १९ रानिवारी गाउँकै मिना थारु, समनी थारु, रिपा कमाल पनि बुहारीहरू हुन । उनीहरू पनि समुहमा मिलेर मयुर नाँच नाच्दै आएका छन् ।
समूहका अध्यक्ष चौतारे प्रसाद थारुका अनुसार छोराहरू बैदेशिक रोजगारी तथा अन्य रोजगारीमा व्यस्त हुने, छोरीहरू विवाह गरेर जाने भएको कारण अहिले बुहारीहरूलाई यो नाँचको तालिम समेत दिदै आएको छ । यहि समुहले सियारी गाउँपालिकामा केही समय पहिला तालिम समेत दिएको अध्यक्ष थारु बताउँछन् । समुहले विभिन्न स्थानमा मयुर नाँच प्रर्दशन गरे बापत नगद ५ हजार देखि २६ हजार रूपैयाँ सम्म लिने गरेको छ ।
मयुर नाँचको लागि आवश्यक पर्ने मयुरको कल्की भारतका विभिन्न स्थानबाट खरिद गरेर समुहले ल्याउने गरेको छ । यता, लोप हुन लगोको मयुर नाँचको संरक्षणका लागि बुटवल उपमहानरपालिकाले तालिम प्रदान गरी ययसको दिगोपनाको लागि प्रयास सुरुवात गरेको छ । नगर प्रमुख खेलराज पाण्डेका अनुसार मयुर नाँचको संरक्षण, प्रर्वद्धन तथा यसको दीगोपनाको लागि तालिम सञ्चालन गर्ने गरी २ लाख रूपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनले भने–‘यो एउटा सस्कृति संरक्षणको अभियान समेत हो, हामी यसको लागि समुहलाई सहयोग गरेका छौ ।’ तालिम पश्चात केही युवा पुस्ताहरूले समेत मयुुर नाँच को महत्व बुझेर नाँच्ने, संरक्षण गर्ने लगायतका काम गरेमा बुटवल उपमहानरपालिकाको गरिमाको लागि थप टेवा पुग्ने नर प्रमुख पाण्डेयको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?