Butwal Today

लुम्विनी प्रादेशिक अस्पतालमा क्याथ ल्याव सेवा सञ्चालन

३ फाल्गुन २०८०, बिहीबार
अ+
अ-

बुटवल,३ फागुन ।    लुम्विनी प्रादेशिक अस्पतालमा क्याथ ल्याव सेवा सञ्चालनमा आएको छ। अस्पतालमा डेढ वर्ष अघि ६ करोड मूलयका मेशिन र उपकरण जडान भएपनि विशेषज्ञ चिकित्सक अभावमा सेवा शुरु हुन सकेको थिएन । अहिले नेपाल सरकारको छात्रवृत्तिमा पढेका २ जना चिकित्सकहरु डा अर्जुन बुढाथोकी र डा. रोशन घिमिरे करारमा आएपछि सेृवा सञ्चालन भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए । आज पहिलो दिन गुल्मीका ७५ बर्षिय एक पुरुष र गुल्मीकै ७२ बर्षिय महिलाको सफलतापुर्वक एन्जियोग्राम गरेर सेवा शुरु भएको उनले बताए।
डा. थापाका अनुसार अस्पतालका २ जना मुटुरोग बिशेषज्ञहरु साथै फिजिसियन डा. सुदर्शन थापा, एनेस्थेसिया डा. सुरेन्द्र कुंवर र डा. समिर आचार्य तथा रेडियोलोजि टेक्निसियन बिजयध्वज बस्नेत र रेमन थारु संगै नर्सिङ स्टाफहरु लक्ष्मी पौडेल, सरीता क्षेत्री र रुस्मा बिसी सहितको टीमले उपचार गरेको थियो।
लुम्विनी प्रादेशिक अस्पतालमा २ जना मुटुरोग बिशेषज्ञले दैनिक ६० जना बिरामीहरुको परिक्षण तथा उपचार गर्दै आएका छन्।

अस्पतालमा आएका मुटुको समयस्याका बिरामीहरु मध्ये सरदर १२ प्रतिशत जतिमा एन्जियोप्लाष्ट वा एन्जियोग्राम गर्नुपर्ने अवस्था देखिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा थापाले बताए। अस्पतालमा सेवा शुरु भएपछि एन्जियोग्रम र एन्जियोप्लाष्ट गर्न बाहिर जानु पर्ने बाध्यकारी अवस्थाको अन्त्य भएको मेसु थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?