Butwal Today

झण्डै एक करोड बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी टिआईएमा पक्राउ

३ फाल्गुन २०८०, बिहीबार
अ+
अ-

काठमाडौं, ३ फागुन ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) बाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौं आएका ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित गएराति पक्राउ परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एएसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिए। यो रकम ९५ लाख ६ हजारभन्दा बढी नेपाली रुपैँया हुने प्रहरीको भनाइ छ।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको थियो।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ। आज कार्यालय खुलेपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने प्रमुख पोखरेलले बताए।