ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
अक्सवृजमा सरस्वती पुजा तथा नवआगन्तुक विद्यार्थी स्वागत

शिक्षासंगै संस्कार जरुरी छ । –नगरप्रमुख खाड

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

बुटवल, २ फागुन । प्राविधिक शिक्षा प्रदान गर्दै आएको बुटवलको अक्सवृज ईन्टरनेश्वल एकेडेमीमा सरस्वती पुजा तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ । कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गर्दै शिक्षा र संस्कार दुबै एउटै सिक्काका दुई पाटा भएको बताए । ब्यक्ति स्वस्थ्य भएमात्र समाजको विकास हुने तर्क दिदै उनले स्वस्थ्य मानव र समुदायबाट समुन्नत देश विकास हुने बताए । प्राविधिक शिक्षा लिईरहेका विद्यार्थीहरु अझ बढि संवेदशिल हुनुपर्ने उनले बताए।युवामा शिक्षासंगै संस्कार जोडिएमा उर्जा प्राप्त हुने उनले बताए ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापा, कार्यक्रममा कार्यबाहक अध्यक्ष गोबिन्द खनाल, प्रबन्ध निर्देशक डिपि खनाल, प्रशासकिय अधिकृत गणेश बेल्बासेले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो वितरण समेत गरेका छन ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष गोबिन्द खनालले शिक्षामा ब्यापिकरणका कारण नया प्रविधि र सीप प्रयोग गर्न जरुरी रहेको बताए । २१ औ शताब्दीको माग अनुसारको प्राविधिक धारमा शिक्षा प्रदान गर्दै आएको उनले बताए । बिस २०५८ सालमा भाषा अध्यापन गराउने संस्थाका रुपमा बुटवलमा शुरु भएबाट अहिलेको अवस्थामा आईपुगेको उनले बताए । विद्यार्थीहरुले धर्म नै अध्ययन गर्नुहुने तर्क दिदै उनले पवित्र दिनका रुपमा बसन्तपन्चमी र माता स्वरस्वतीको दिवस भएको बताए । यसै दिवसमा नै प्रेम दिवस परेको छ । धेरैलाई यो दिनको बारेमा ज्ञान नभएको भन्दै यो प्रेमबाट संसार जित्न सकिन्छ भन्ने उदाहरण भ्यालेन्टाईन भन्ने सैनिकले उदाहरण पेश गरेको दिनका रुपमा भ्यालेन्टाईन डे मनाईने उनले बताए । शिक्षा उत्पादनसंग जोडिनुपर्ने र त्यो बजारसंग जोडिनुपर्ने र त्यो प्रविधिसंग जोडिन जरुरी रहेको उनले बताए । शिक्षाको क्षेत्रबाट योगदान दिने पत्रकारलाई प्रोत्साहन गर्ने गरि एक जना पत्रकारलाई २५ हजार रुपैया पुरस्कारको समेत उनले घोषणा गरे ।

यसैगरि एकेडेमीमा ब्याडमिन्टन, टग अफ वार लगायत विभिन्न खेलकुद गतिविधि समेत संचालन भएको थियो । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा एकेडेमीका पुर्व प्रिन्सिपल उपेन्द्र अर्याल आफ्नो कर्मभुमीका रुपमा अक्सवृज रहेको बताए । बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न एकेडेमी सफल भएको उनले दाबी गरे ।

कार्यक्रममा वरिष्ठ प्रशिक्षक एके सिह, मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति कृष्ण प्रसाद भट्टराई, सिभिल ईन्जिनियर सन्तोष खनाल, पुर्व प्रशिक्षक लता खड्का, एकेडेमीका कोअर्डिनेटर केशव महत, अक्सवृज छात्राबासका राजेन्द्र खनाल, संयोजक सागर भुषाल, नवआगन्तुक रामेश्वर मिश्राले दक्ष जनशक्ति उत्पादनमा अक्सवृजको योगदानको चर्चा गरे ।

कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक डिपि खनालले प्राविधिक शिक्षा लिन चाहने युवाहरुलाई अक्सवृजमार्फत दक्ष जनशक्ति तयार गर्न सफल भएको बताए । एकेडेमीमा एचए, ल्याब टेक्निसियन, एग्रिकल्चर जेटिए र सब ओभरसियर विषयमा अध्ययन हुन्छ । एचए, ल्याब टेक्निसियनको ३ वर्षे कोर्ष र एग्रिकल्चर जेटिए र सब ओभरसियरको १८ महिनाको कोर्ष हुन्छ । करिब २ सय विद्यार्थीहरु अध्ययनत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?