Butwal Today

लुम्बिनी गुरुयोजना पूरा गर्न रवि लामिछानेले गरे १० किमि पैदल यात्रा

२ फाल्गुन २०८०, बुधबार
अ+
अ-

भैरहवा, २ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी दवाव अभियान अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दवाव स्वरुप बुधबार पैदल यात्रा गरेको छ ।

रास्वपाका सभापती रवि लामिछाने सहित पार्टीका नेताहरु सहित करिव १० किमिको पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दवाव दिएका हुन् ।

लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणाधिन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दशर्न गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवार चौकसम्म पैदलयात्रा गरे ।

महिलवारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि वहानामा ढिलाई गर्ने छुट नरहेको बताए । उनले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफुहरुले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दवाव दिने र समाधानपत्र सरकारलाई बुझाउने बताए ।

रास्वपाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन समेत आग्रह गरेको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले मायादेवी मन्दिर अगाडि परेवा उडाउनुभएको थियो भने नवनिर्मित दीयो बाल्ने सेडमा दिप प्रज्वलन गरेका थिए । यसैविच लामिछानेले लुम्बिनी साँस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकाको पार्टी कार्यालयको समेत उद्घाटन गरेका थिए ।