Butwal Today

पाल्पा दुर्घटना अपडेट : १० जनाको मृत्यु, १६ घाइते (नामावलीसहित)

२ फाल्गुन २०८०, बुधबार
अ+
अ-

पाल्पा, २ फागुन ।

पाल्पा डुम्रे बाट तिनाउँ गाउँपालिका वडा नंं ६ चिदिस शिखर डाडा जादै गरेको लु १ ज २३७१ नम्वरको यात्रुवाहक जिप दुर्घटना हुदा घटनास्थमै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।

घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीया यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ बर्षिया दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ बर्षिया दिलमाया जिसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले बताए ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । घाईते सबैको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भईरहेको छ ।

यी हुन् घाइते