Butwal Today

रवि लामिछानेले गरे भैरहवामा पार्टी कार्यालय उद्घाटन

२ फाल्गुन २०८०, बुधबार
अ+
अ-

भैरहवा, २ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिद्धार्थनगर नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गरेका छन् ।

पार्टी कार्यालय उद्घाटन गर्दै सभापति लामिछानेले रास्वपाको यो पार्टी कार्यालय पहिलो पनि नभएको र अन्तिम पनि नहुने बताए । लामिछानेले देशको आशा र भरोसाको रुपमा रास्वपालाई हेरिएको बताउँदै त्यसलाई परिपुर्ति गर्न नसकिए यो शहरमा अर्को साइन बोर्ड झुन्ड्याउने पार्टी हुने बताए ।

विकृती र विसंगतीका बिचमा नेपाली जनताले आशा र भरोसा सांचेर राखेको बताउँंदै मुलुकका लागि र समाजका लागि सही मार्ग दिनका लागि सबै काम छाडि मुलुकका लागि लागेको बताए ।