ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बागेश्वरी संगीतालयमा सरस्वती पुजनसहित सांस्कृतिक कार्यक्रम

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

बुटवल ।

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न भएको छ । बुधबार विशेष सांस्कृतिक कार्यक्रमसहित विद्याकी देवी सरस्वतीको पूजा गरिएको एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा गणेश, सरस्वती भजन र नृत्य प्रस्तुत गरिएको हो । एकेडेमीले बेसिक, सिनियर बेसिक र इन्टरमिडियट तहका परीक्षाको नतिजा समेत सार्वजनिक गरेको हो । नृत्यमा बेसिक तहको परीक्षामा सहभागी भएका १२ जना मध्येबाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बेसिक तहको नृत्यतर्फ पिया सारू प्रथम भएकी छन् । त्यसैगरी प्रशंसा पौडेल दोस्रो र आयुसा बरालले तेस्रो स्थान प्राप्त गरेकी छन् ।

त्यसैगरी सिनियर बेसिकमा सहभागी १० जनामध्ये दिया सुवेदीले प्रथम स्थान प्राप्त गरेकी छन् । त्यसतै रित्तिका ज्ञवालीले दोस्रो र दियान्सा सापकोटाले तेस्रो स्थान प्राप्त गरेकी छन् ।

गत माघ २७ गते मिलन कला केन्द्रको आयोजनामा सम्पन्न भएको पावर अफ ट्यालेन्ट सो मा एकेडेमी मै अध्ययनरत विद्यार्थी जुनियरतर्फ दोस्रो हुन सफल दियान्सा सापकोटा र तेस्रो स्थान प्राप्त गर्ने सिरिशा रोकालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै सिनियरतर्फ प्रयुशा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । त्यस्तै लुम्बिनी एक्पो २०८० को डान्स आइडियमा द्वितीय हुन सफल आरेही काउचालाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठले विद्याकि देवी सरस्वतीको पूजा गर्ने पवित्र दिनमा शिक्षाको गरिमा र बौदिक विकासको आवश्यकता जनजनलाई बुझाउन सरस्वती पूजा गर्ने परम्परा रहेको बताइन् । यो दिनमा यसरी कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै एकेडेमीलाई सदैव माया गर्न आग्रह गरिन् । करिब तीन दशकबाट वागेश्वरीले विभिन्न विधामा कक्षाहरू सञ्चालन गर्दै आएकोसमेत बताइन् । कार्यक्रममा एकेडेमीका कार्यालय प्रमुख व्यवस्थापक दावा शेर्पा (दर्पण) ले स्वागत गरेका थिए ।

साथै यही फागुन ६ गतेबाट एकेडेमीमा साहित्यकार विजय मल्लद्वारा लिखित कोही किन बर्बाद होस् नाटकको मञ्चनसमेत हुने एकेडेमीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?