ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

अब गरिबी घटाउनेतर्फ सोंच्ने कि ?

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

नेपालमा करिव ६० लाख जनसंख्या गरिवीको रेखामुनी रहेको देखिएको छ । गरिबीको रेखामुनि रहेको कुल जनसंख्या २०.२७ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) मा गरिबीको रेखामुनि रहेको जनसंख्या करिव ६० लाख रहेको देखिएको हो । तथ्याँक विभागको रिपोर्टले नेपाल अझैपनि गरिवीको दुष्चक्रमा रहेको देखिएको छ । यो चिन्ताजनक कुरा हो । त्यसो त नेपालका नेताहरुले प्रजातन्त्र पुनस्र्थापना भएपछि देशबाट गरिवी अन्त्य हुने दावी गरेका थिए । प्रजातन्त्र पुनस्र्थापनाको करिव ३५ बर्ष भैसकेको छ । यसबीचमा राजनैतिक दलहरुका करिव ३० वटा सरकार बने । थुपै्र नेताहरु प्रधानमन्त्री र मन्त्री भए । तर, नेताहरुले भनेको जस्तो गरिवी घटाउने कुरा भाषणमै सीमित भएको छ । अझैपनि श्रमिक र मजदुर बर्ग साझ विहानको छाक टार्ने चिन्तामै बाँचीरहेका छन । सुदूर पश्चिमका विकट जिल्लाका बासिन्दा कुहिएको चामल किनेर खान बाध्य छन । उनीहरुका लागि आधारभूत स्वास्थ्य र शिक्षाको कुरा धेरै टाढाको बिषय भएको छ । गरिवीको प्रत्यक्ष प्रभाव हेर्ने हो भने सुदूर पश्चिम र कर्णाली प्रदेशका जिल्ला भ्रमण गरे काफी हुन्छ । नेताहरुले गरेको भाषणले गरिवी घटेको भए नेपाल उहिले नै सिंगापुर भैसक्थ्यो । सुदूर पश्चिम र कर्णाली मात्र होइन सहरमा पनि गरिवी छ । तर, त्यो लुकाउने गरिएको छ । विपन्न समुदाय साँझ विहानको रोजीरोटीको समस्याले आक्रान्त छ । मध्यम वर्ग त्यसैपनि के गर्ने के नगर्ने अवस्थामा छ । सर्वेक्षणले प्रतिव्यक्ति वार्षिक ७२ हजार ९०८ रुपियाँ खर्च गर्न नसक्ने व्यक्तिलाई गरिब मानेको छ । त्यस्तै सहरमा वार्षिक दुई लाख ६३ हजार र गाउँमा ७१ हजार खर्च गर्न नसक्ने गरिबीको रेखामुनि परेका छन । गरिबीको रेखामुनि रहेको जनसंख्या १५ प्रतिशतमा झर्ने अनुमान गरिएपनि सो अनुपातमा घट्न नसकेको कुराले चिन्ताजनक उत्पन्न हुनु स्वाभाविक हो । भूकम्प र कोरानाका कारण अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको कार्यालयको भनाई छ । नयाँ संविधान जारी भएर मुलुक संघीय संरचनामा गएपछिको यो पहिलो सर्वेक्षण हो । नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार छ, जस अनुसार २०.२७ भनेको करिब ६० लाख जनसंख्या गरिवीको रेखामुनी रहेको देखिन आउँछ ।

तथ्याँकले के देखाउँछ भने सरकार गरिवी निवारणका दिर्घकालीन नीति निर्माणमा कमजोर सावित भएको छ । नेपाली त्यसैपनि गरिवीको चरम मारमा छन । त्यसमाथि विगतको भुकम्प र कोरोना महामारीले झनै समस्या थपिदिएको देखिएको छ । गरिबसँगै कृषियोग्य जमिन पनि क्रमशः घट्दै गएको देखिएको छ । गरिबीको रेखामुनि रहेका जनतामध्ये २२ प्रतिशतसँग जग्गाजमिन छैन । दुई हेक्टरसम्म भएका १९ प्रतिशत र सोभन्दा माथि भएका छ प्रतिशतमात्रै छन् । जग्गा नभएकामध्ये ग्रामिण क्षेत्रमा २८ प्रतिशत र सहरी क्षेत्रमा १७ प्रतिशत जनता भएको सर्वेक्षणमा उल्लेख छ । असुरक्षा, अशान्ति, विकासमा कमी र भ्रष्टाचारजन्य कृयाकलाप आर्थिक विकासका बाधक रहेको देखिएको छ । यसरी हेर्दा नेपालमा लोकतन्त्र आएपनि मुलुकको अवस्था अझै माथि उठन नसकेको स्पष्ट हुन्छ । यस्तो अवस्थामा विकासका पूर्वाधार माथि उठाउने र मुलुकलाई सम्मृद्धिको दिशातर्फ लैजानुपर्ने चुनौति देखिएको छ । सरकारले देखाएको सपना र रिपोर्टले गरिवी घट्ने अवस्था छैन । अहिलेपनि अधिकांश नेपाली कृषिमा निर्भर छन । उनीहरुको लागि नयाँ कार्यक्रम केही ल्याइएको छैन । कृषि भूमि घट्दै गएको छ, उत्पादन पनि सोही अनुसार घट्दै गएको छ । कृषिले पु¥याएको कूल गार्हस्थ्य उत्पादनको योगदान घट्ने अवस्था छ । त्यो भयो भने नेपालको गरिवी झनै बढ्ने निश्चित छ । ठोस योजना र दिर्घकालीन कार्यक्रम विना गरिवी घटने अवस्था छैन । यसतर्फ सरोकारवालाको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?