Butwal Today

१७ औ मनम‍ोहन स्मृति फुटबल, उपाधि दौडमा मा वडा नं ६ र ७

२ फाल्गुन २०८०, बुधबार
अ+
अ-

बुटवल, २ फागुन । बुटवलमा जारी १७ औ मनम‍ोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं ६ र वडा नं ७ भिड्ने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा वडा नं ६ पेनाल्टी शुटआउटमा विजयी हुँदै फाईनलको यात्रा तय गरेको हो।

सिद्धेश्वरी खेलमैदानमा भएको निककै प्रतिस्पर्धात्मक खेलका गतवर्षको विजेता वडा नं १७ लाई पेनाल्टी शुटआउटमा पराजित गर्दै वडा नं ६ फाईनल प्रवेश गरेको हो। निर्धारित समयमा गोलरहित बराबरि भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो। खेलमा वडा नं ६ का अर्पन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भएको कमिटिका अध्यक्ष गणेश बोहराले बताए।

फागुन ५ गते शनिबार फाईनल खेल हुनेछ भने यसअघि बुटवलमा प्रतियोगिताको ट्रफि प्रदर्शन गरिने सचिव राजेन्द्र थापाले बताए।