ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

हुलाकी राजमार्गः नामले राजमार्ग, कामले कहिले ?

हुलाकी राजमार्ग वन क्षेत्रमा ट्रयाक खोल्ने निश्चित नभएका कारण जोडिन सकेको छैन । कतिपय स्थानमा बातावरणीय परिक्षणको प्रतिवेदन तयार भै स्विकृतीको चरणमा भए पनि वन मन्त्रालयमा पुगेको प्रतिवेदन स्विकृत नहुँदा अन्योलता बढेको छ ।
२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

बुटवल, २ फागुन । पूर्व र पश्चिम जोड्नका लागि देशभर चार वटा सडक सञ्जालका काम अगाडि बढेको छ । मध्य पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, पूर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) र हुलाकी राजमार्गले पूर्व पश्चिमलाई जोड्ने काम गरेको छ । मध्य पहाडी र मदन भण्डारी बाहेकका दुई सडक मार्ग केही चुरे र तराई मधेस क्षेत्र हुँदै पूर्व–पश्चिम जोड्छन । तर पूर्व पश्चिम राजमार्गको गतिलो बिकल्प बनेको हुलाकी राजमार्ग जोडिन अझै पनि अन्योल देखिएको छ । लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको हुलाकी राजमार्ग वन क्षेत्रमा ट्रयाक खोल्ने निश्चित नभएका कारण जोडिन सकेको छैन । कतिपय स्थानमा बातावरणीय परिक्षणको प्रतिवेदन तयार भै स्विकृतीको चरणमा भए पनि वन मन्त्रालयमा पुगेको प्रतिवेदन स्विकृत नहुदाँ अन्योलता बढेको हो ।

हुलाकी राजमार्ग आयोजना निर्देशनालयका अनुसार पर्साको ठोरी पुर्वमा करिब करिब हुलाकी निर्माण पुरा भएको छ भने ठोरी पश्चिमका क्षेत्रमा अझै हुलाकी जोडिन पाएको छैन । चितवनको राष्ट्रिय निकुञ्ज, नवलपरासी पूर्वको गजेन्द्र मोक्षधाम, कपिलवस्तु र दाङ्गको सिमा क्षेत्र र दाङ्ग र बाँकेको सिमा क्षेत्रमा कतिपय हुलाकीको ट्रयाक खोल्नै बाँकी छ । हाल सम्म ठोरी पूर्व सँगै नेपालगञ्ज पश्चिमको हुलाकी राजमार्ग जोडिई सकेको देखिन्छ । बिभिन्न स्थानमा हुलाकीको नयाँ ट्रयाक निर्माणका लागि वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) पुरा भएर स्विकृतीको चरणमा रहे पनि वन मन्त्रालयमा फाईल रोक्किदा नयाँ ट्रयाक खुल्ने बिषय अन्योलमा छ । जसका कारण हुलाकी राजमार्गको मर्म अनुसार सो सडक जोडिन पाएको छैन ।

लुम्बिनी प्रदेश अन्र्तगत पश्चम नवलपरासीमा हुलाकी राजमार्ग निर्माण तिव्र छ । हाल सम्म नारायणपुर चोक देखी परासी सम्मको ११ किलोमिटर सडको काम ९० प्रतिशत पुरा भएको छ । त्यसै गरि नारायणपुर चोक देखी त्रिवेणी सम्मको १५ किलोमिटर सडकको ४५ प्रतिशत र कथहवा देखी बेलाटारी सम्मको ९ किलोमिटर सडकको ६० प्रतिशत काम पुरा भएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका ईन्जिनियर पवित्रमणी आचार्यले जानकारी दिए । आचार्यका अनुसार रूपन्देहीको ४४ किलोमिटर हुलाकी राजमार्गको सडक निर्माणको कार्य एशियाली बिकास बैङ्कको सहयोगमा निर्माण सम्पन्न भै सकेको छ । त्यसै गरि रूपन्देहीकै तिनाउ खोला पुल र डण्डा खोलाको पुल निर्माणको काम यस अघि ठेक्का पाएको पप्पु कन्ट्रसनले अधुरो छोडेको थियो । तर सो निर्माण व्यवसायी सँग ठेक्का तोडि अहिले रमन रियर ओम ईन्फाटेकलाई ठेक्का लगाईएको छ । करिब १० करोड रूपैयाको दुवै पुलको प्याकेजको काममा अहिले सम्म ६० प्रतिशत भौतिक प्रगती भएको ईन्जिनियर आचार्यले जानकारी दिए ।

यता कपिलवस्तु जिल्लामा हुलाकी राजमार्ग ८३ किलोमिटरमा छ । जसमा एशियाली बिकास बैङ्कको सहयोगमा १८ किलोमिटर सडक यस अघिनै सम्पन्न भै सकेको थियो । बाँकी सडक तिन प्याकेजमा ठेक्का लागेका छन । जसमा तौलिहवा देखी राजपुर सम्मको १५ किलोमिटर सडक निर्माण पुरा भएको छ । राजपुर देखि दत्तपुर सम्मको १८ किलोमिटरस सडक मध्य ९ किलोमिटर सडक बन्न बाँकी छ । दत्तपुर देखी तुरुन्तपुर सम्मको १५ किलोमिटर सडक निर्माण पुरा भएको छ । त्यसैगरि तुरुन्तपुर देखी पश्चिम ४ किलोमिटरमा ग्राभेल सडक निर्माण गरि चिराई खोला सम्म जोड्ने काम भएको छ । तुरुन्तपुर देखी चिराई खोला हुदै दाङ्गको सिमा जोडिएको कल्याणकोट सम्मको सडक कालोपत्रै हुन बाकी छ । चिराईखोला पश्चिम कल्याणकोट सम्म घना वन क्षेत्र रहेकाले १२ किलोमिटर नयाँ ट्रयाक खोल्नका लागि बातावरणीय परिक्षणको कार्य पुरा गरिएको छ । तर सो को प्रतिवेदन वन मन्त्रालयमा स्विकृत नभई थन्किएका कारण नयाँ ट्रयाक खोल्ने बिषय अन्योलमा छ । हुलाकी सडकको बाकी काम पुरा हुने क्रममा रहे पनि चिराई खोला पश्चिममा सडकको ट्रयाक खुल्न र सडक बन्न बाँकी हुदाँ हुलाकी राजमार्गमा चल्ने सवारी साधन तुरुन्तपुर हुँदै शिवपुर भएर पुर्व पश्चिम राजमार्ग तर्फ मोडिनु पर्ने बाध्यता छ । हुलाकी मार्गलाई जोड्नका लागी चिराई खोला देखि दाङ्ग सम्मको सडक निर्माण हुन आवश्यक रहेको र आफूहरूलाई सो मार्गले सहज बनाउने शिवराज ९ तुरुन्तपुरका स्थानिय कर्मपाल बुढाथोकीले बताए । हुलाकी राजमार्ग जोड्ने बिषय निश्चित भए मात्र हुलाकीको मर्म पुरा हुने हुलाकी सडक आयोजनामा काम गर्दै आएका प्राबिधिकहरू बताउँछन । “हुलाकी राजमार्ग पुरा नबने हुलाकीको मर्मनै पुरा हुदैन ।” आयोजना कार्यालय कपिलवस्तुका ईन्जिनियर आचार्यले भने । राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको हुलाकी राजमार्ग पूर्व पश्चिम राजमार्गको बैकल्पिक मार्ग समेत भएकाले हुलाकी राजमार्ग जोडिन आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका योजना प्रमुख बिष्णु पाण्डे बताउछन । “पूर्व पश्चिम राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको हुलाकी राजमार्ग नजोडिए वैकल्पिक मार्गको मर्म नै पुरा हुदैन” प्रमुख पाण्डेले भने ।

उता हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जको कार्यक्षेत्रमा पर्ने बिभिन्न स्थानमा नयाँ ट्रयाक खोल्ने निश्चित नुहँुदा हुलाकी सडक जोडिन समस्या देखिएको छ । दाङ्ग र कपिलवस्तुको सिमाको कल्याणकोट देखी बौराहाखोला सम्म वन क्षेत्र रहेकाले २८ किलोमिटरमा ट्रयाक खुल्नै बाँकी रहेको हुलाकी राजमार्ग योजनाको कार्यालय नेपालगञ्जका योजना प्रमुख लिला बहादुर भण्डारीले जानकारी दिए । त्यसैगरि दाङ्गको जरवरहवा देखी बाँकेको सिमा सम्मको ३५ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । धना जंगल क्षेत्र भएकाले वातावरणीय परिक्षण पुरा भए पनि ट्रयाक खोल्ने निश्चित हुन पाएको छैन । त्यसै गरि बाँकेको सिमा देखी नारायणपुर कुम्भर सम्म ३३ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी रहेको प्रमुख भण्डारीले जानकारी दिए । दाङ्गको गढवा देखी जरवरहवा चोक सम्म सडक निर्माण पुरा भएको छ भने बौराहाखोला देखी दाङ्गको सिमा सम्मको ३६ किलोमिटर सडक मध्य २० किलोमिटर सडक निर्माण कार्य पुरा भएको छ । उता नेपालगंज देखी गुलरिया सडकको ३२ किलोमिटर सडक निर्माणाधिन अवस्थामा छ । “ट्रयाक खुल्ने निश्चित नहुँदा हुलाकीको उद्देश्य पुरा भएन । त्यसका लागि समयमै प्रयास गरिनु पर्छ ।” नेपालगञ्जका योजना प्रमुख भण्डारी भन्छन ।

राष्ट्रिय गौरवको आयोजना भए पनि वन मन्त्रालयमा बातावरणीय परिक्षण प्रतिवेदन थन्किदा हुलाकी राजमार्गमा ट्रयाक खोल्ने र हुलाकी सडक जोड्ने योजना पुरा हुन नसकेको हुलाकी सडक आयोजनाको ठहर छ । जसका कारण हुलाकी सडकलाई पुर्व पश्चिम राजमार्गकै भर पर्नुपर्ने अवस्था बिद्यमान छ । सो बिषयमा प्रतिक्रिया लिन हुलाकी सडक आयोजनाका निर्देशक ईन्जिनियर अजय कुमार मुलसँग सम्पर्क गर्न खोज्दा उनी अर्थ मन्त्रालयमा बैठकमा रहेकाले संवाद हुन पाएन ।

हुलाकी राजमार्ग र आधुनिक महेन्द्र राजमार्ग नेपालको पूर्वदेखि पश्चिम सम्मको समानान्तर मार्गका रूपमा परिचित छ । राणा प्रधानमन्त्री पद्मशमशेर जबराले आफ्नो २००२ साल मंसिर १४ गतेदेखि २००५ साल वैशाख १६ गते सम्मको प्रधानमन्त्रीत्वकालको अवधिमा तराई मधेशमा पूर्वदेखि पश्चिमसम्म फैलिएको परम्परागत तराई मधेश मार्गलाई हुलाकी मार्ग नामांकृत गरे । त्यसपश्चात हुलाकी राजमार्गको निर्माण कार्यको थालनी गरेका थिए । पद्मशमशेरले शुरु गरेकोले यसलाई पद्म रोड पनि भनिन्थ्यो । यो तराई मधेशको जिल्लाहरू जोड्ने पहुँच मार्ग पनि हो ।

झापाको भद्रपुर देखि कञ्चनपुरको दैजी सम्म तराई मधेसका जिल्ला सदरमुकाम र घना बस्तीलाई जोड्दै १ हजार ८ सय ५७ किलोमिटरमा हुलाकी राजमार्ग छ । जसमा पुर्वपश्चिमको लम्बाई ९ सय ७५ किलोमिटर र उत्तरदक्षिण जोड्ने सहायक सडक ८ सय ८२ दशमलव ४२ किलोमिटरमा छ । हुलाकी सडकको १ हजार ४ सय ५० किलोमिटर सडक निर्माणको नेतृत्व हुलाकी सडक निर्देशनालयले गरेको छ भने बाँकी सडक निर्माण स्थानिय तह र प्रदेश सरकारबाट भएको छ । हुलाकी राजमार्गले तराई मधेसका २१ जिल्लालाई सडक सञ्जाल सँग जोडेको छ, जसका कारण ८० लाख जनता प्रत्यक्ष लाभान्वित हुने अवस्था छ । निर्देशनालयको गत आर्थिक बर्ष सम्मको तथ्याङ्क हेर्दा हुलाकी राजमार्ग अन्र्तगत १ सय ७६ दशमलव ५ किलोमिटर सडक र ७५ पुल बन्न अझै बाँकी रहेको देखिन्छ ।
(बुटवल टुडेका लागि खग प्रसाद चापागाई÷ प्रमोद अर्याल÷ चुमा आचार्य÷ बिमला चौधरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?