ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
कर्णालीमा जनयुद्ध दिवस

माओवादीले नेतृत्व गरेका पालिकामा विदा, अन्यमा कार्यालय सञ्चालन

१ फाल्गुन २०८०, मंगलवार
१ फाल्गुन २०८०, मंगलवार

सुर्खेत, १ फागुन ।

गत पुस १३ गते सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा दिने संघीय सरकारको निर्णय खारेज गरेको थियो । तर नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेका अधिकांश पालिकामा सार्वजनिक विदा गरियो । कर्णालीका अधिकांश गाउँ तथा नगरपालिका प्रमुखहरूले आज सार्वजनिक विदा दिए । विदा मात्र होइन उनीहरुले धुमधाम कार्यक्रमको पनि आयोजना गरेर मनाए ।

माओवादी सशस्त्र विद्रोह शुरू भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउने सार्वजनिक बिदा दिने र पर्वका रुपमा नै मनाउँदै आएका कर्णालीमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । कर्णालीलाई जनयुद्धको आधार इलाका मानिन्छ त्यसैले पनि यहाँ अन्य प्रदेश भन्दा जनयुद्ध दिवसलाई पर्वका रुपमा नै मनाउने गरेका छन् ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यस्तै गृह मन्त्रालयले पनि सार्वजनिक बिदा नरहेको बताइसकेको छ । तर, माओवादी केन्द्रबााट निर्वाचित पालिका प्रमुख भएका स्थानीय तहहरुमा भने जनयुद्ध दिवस धुमधामले मनाए ।

कर्णालीका पालिका तथा वडाहरूमा अधिकांशले सार्वजनिक बिदा नै दिएका छन् भने केहीले विभिन्न कार्यक्रम गरी मनाए पनि बिदा भने दिएका छैनन् ।

कालिकोटका चारवटा स्थानीय तहले जनयुद्ध दिवस मनाउने निर्णय गरेका छन् । पलाँता, पचाल झरना रास्कोट नगरपालिकाले भने बिदा नदिने तर जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउने भनेको छ ।

जनयुद्धको आधार भूमि रुकुम पश्चिमका पाँच वटा पालिकाहरूले सार्वजनिक बिदा नै दिएर जनयुद्ध दिवस मनाएका छन् । आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, चौरजहारी नगरपालिका, सानोभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिकाले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएका छन् ।

यस्तै हुम्लाको सिमिकोट र ताँजाकोट गाउँपालिका, डोल्पाको मुड्के चुल्ला गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र सल्यानको दार्मा गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएका छन् ।

यस्तै मुगुको खत्याड गाउँपालिकाले पनि बिदा दिएको छ । यस्तै सल्यानको कुमाख गाउँपालिकाका केही वडाहरुले बिदा दिएका छन् । सार्वजनिक बिदा दिने अधिकांश पालिकाहरू नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेका पालिकाहरू रहेका छन् ।

कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष देवाराज शाहीले आज धुमधामका साथै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको बताए । ‘आज हाम्रो पालिकाले जनयुद्ध दिवसको अवसरमा विदा दिएको छ’ शाहीले भने, ‘यहाँ दिवसको अवसरमा ठूलो कार्यक्रमको आयोजना भएको छ अहिले म कार्यक्रममा छु ।’

यता पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्पबादीले जनयुद्धको आधारभुमीका रुपमा चिनिने ठाउँमा कार्यक्रमहरुको आयोजना गरी मनाएको बताए । ‘कार्यक्रम चाही पार्टीले आयोजना गरेका हुन् पालिकाभरी हामीले सार्वजनिक विदा दियौ’ उनले भने, ‘भर्खरै कार्यक्रम सकेर बैठकमा आएर बसेको छु ।’ चौरजहारी नगरपालिकासँगै रुकुमका अन्य पालिकाहरुले पनि सार्वजनिक विदा दिएको उनले बताए । अदालतको आदेशलाई किन मान्नुभएन भन्दा उनी भन्छन् ‘हामीले अदालतलाई सम्मान गर्छौ, पालिकाले पनि सार्वजनिक विदा दिन मिल्छ सोही बमोजिम विदा दिएका हौ ।’

यता माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले कर्णालीका वडादेखि गाउँसम्म सबैतिर विभिन्न कार्यक्रमहरू गरेर जनयुद्ध दिवस मनाएको बताउँछिन् । उनले अदालतले आदेश गरेता पनि व्यापक र नयाँ ढंगबाट कार्यक्रमहरुको आयोजना गरेर दिवस मनाउने बताइन् । ‘अदालतले यसमा हात हाल्न हुन्थेन’ उनी भन्छिन्, ‘जनताले नै युद्ध प्रारम्भ गरेको दिन यसबाट उपलब्ध अधिकारलाई मान्ने तर, दिवस मान्दिन भन्नु आमालाई नै त्याग्नु सरह हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?