Butwal Today

चार प्रदेशमा मौसम बदली

२९ माघ २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तिबेला (सोमबार बिहान)देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।

बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।  मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।