Butwal Today

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?(सूचीसहित)

२९ माघ २०८०, सोमबार
अ+
अ-

काठमाडौं ।

अधिकांश वाणिज्य बैंकहरूले फागुन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो ।

४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको छ, जुन ब्याजदर १० वर्षभन्दा माथि अवधिको लागि एनएमबीले प्रकाशन गरेको हो ।

फागुन महिनाका लागि बैंकहरूले ब्यक्तिगत मुद्दति निक्षेपमा तोकेको अधिकतम ब्याजदर सूची :

बैंक माघको ब्याज फागुनको ब्याज
कृषि विकास ७.२६ ६.४४३
एभरेष्ट
नेपाल ७.२५
लक्ष्मी सनराइज
माछापुच्छ्रे
एनआईसी एसिया ८.०६५
प्रभु ८.०६५ ७.५
स्टान्डर्ड चार्टर्ड ८.०७ ७.३५
राष्ट्रिय वाणिज्य ८.०७ ७.३५
नबिल ८.१ ७.७५
ग्लोबल आईएमई ८.१ ७.६
सिद्धार्थ ८.१
प्राइम कमर्सियल ८.१ ७.४
कुमारी ८.११ ८.०१
सानिमा ८.१५ ७.५१
हिमालयन ८.१५ ८.१५
नेपाल एसबीआई ८.२५ ८.१
नेपाल इन्भेष्टमेन्ट ८.६
एनएमबी ८.५
सिटिजन्स ९.१५ ८.२५