ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलमा नेवाः भोज

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

बुटवल, २९ माघ । नेवारी खानाका परिकारको स्वादसंगै संस्कार संस्कृति संरक्षण गर्न बुटवलमा नेवाः भोज गरिएको छ । श्री बुटवल नेवा समाज वडा नं १,२ को आयोजनामा सोमबार महाबिर पुस्तकालय परिसरमा बृहत् नेवाः भोज गरिएको हो । नया पुस्तामा नेवारी संस्कार संस्कृति बुझाउन कार्यक्रम गरिएको समाजका अध्यक्ष सुभेन्द्रमान श्रेष्ठलले बताए । बुटवल नेवार समुदायको बाहुल्यता रहेको बस्तिका रुपमा रहेको र यहाँ बसोबासीहरुमा आफ्नो संस्कृति चिनाउन कार्यक्रम गरिएको उनको दाबी छ। नेवारी संस्कार अनुसार सहभागीहरु भोज खान भुईमा बस्ने र सालको पात (लाफा) मा नै चिउरा, लसुनअदुवा, छोयला,भुटुवा, भ्यातल, प्याखा लगायत १४ परिकारहरु पस्कने ब्यवस्था गरिएको उनले बताए । पातको लाफा सिलाउन लगाएर ल्याईएको उनले बताए । प्रत्येक वर्ष पुस महिना र सोमबार पारेर कार्यक्रम गरिएको छ । आफुहरु संस्थागत रुपमा गाठेमंगल, न्यु भिन्तुना लगायत धेरै कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुद्घाटन गर्दै नेवारहरुको विचमा संस्कार संस्कृतिबारे जानकारी दिने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए । नेपाल सबै जातजातिहरुको बगैँचा भएको भन्दै नेवार त्यसमा पनि उत्कृष्ट संस्कृति भएको जातीमा पर्ने उनले बताए ।

कार्यक्रममा नेवा दय देवु रुपन्देही जिल्लाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, समाजका उपाध्यक्ष अरुणा श्रेष्ठ लगायत सहभागी भएका थिए ।
कार्यक्रममा समाजका सचिव विजय शाक्यले कार्यक्रममा सबै जातजातीहरुलाई नेवारी खानाको परिकार चखाईने बताए । नेवारी संस्कार र संस्कृति जर्गेनाका लागि सहभागिहरुले न्युनतम शुल्क राखिएको उनले बताए । कमाउनेभन्दा पनि संस्कार चिनाउने सास्कृतिक नाचहरु समेत देखाईने कार्यक्रममा करीब २५० जना सहभागी हुने अनुमान रहेको उनले बताए । एक वर्षअघि घिन्ताङ घिसिङ कार्यक्रम बुटवलमा गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?