ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

नापतौलको दर्ता–नवीकरण स्थानीयस्तरमै

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

सल्यान, २९ माघ । सल्यानका व्यवसायीले नापतौलमा प्रयोग गरिने ढक, तराजु, लिटर, मिटर लगायतका सामग्रीको परीक्षण र प्रमाणीकरण सेवा स्थानियस्तरबाटै पाउने भएका छन् । जसका लागि सल्यान उद्योग वाणिज्य संघले जिल्लाका ६ स्थानमा शिविर चलाउँदैछ ।
गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतको सहयोग तथा समन्वयमा यहि फागुन १ गतेदेखि ६ गतेसम्म सल्यानका विभिन्न बजारमा नापतौलमा प्रयोग गरिने सामग्रीको पुरानो नविकरण सेवा प्रदान गरिने उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले जनाए । जिल्लामा संचालन हुने घुम्ती शिविरबाट स्थानीय स्तरमै उद्योगी, ब्यापारी तथा व्यवसायीले लाभ उठाउन सक्ने उनको भनाइ छ ।

वाणिज्य संघले एक सुचना जारी गर्दै शिविर संचालन हुने समयतालिका पनि सार्वजनिक गरेको छ । जस अनुसार फागुन १ गते कपुरकोट, खाली, गर्पा, रिम, लुहाम, लोटाउने, ढुंगेबजार, रिखेबजार र काभ्रामा घुम्ती शिविर संचालन हुनेछ । यस्तै २ गते श्रीनगर, साहुटोल, दुलधारापोखरा, मार्के, जयतपानीमा र ३ गते बरला, रामेखोला, ढोरचौर, चाख्लीघाट, पटारे, मोखला, दमाचौर, पाथिहाल्ना र कोटमौलामा शिविर आयोजना गरिएको सल्यान उद्योग वाणिज्य संघले जनाएको छ । यस्तै फागुन ४ गते थारमारे, बागचौर, खरिवोट, टाटके, वाफुखोला, पेदीखोला र बांगेलाखुरीमा, ५ गते चोरपानी, मौलोहाले, फारुलाचौर, बडागाउ, रागेचौर, नेटाबजार तथा ६ गते सुनौली, सल्लीबजार, बालुवासंग्रही, ढोरपिपल, रैकरमा घुम्ती शिविर संचालन हुनेछ ।

नाप तौल सम्वन्धीका सामाग्रीहरू किला, कांठा, ढक, तराजु, लिटर, मिटर, चेक जांच गरी पुरानो नविकरण तथा नयां दर्ता समेत गरिने भएकाले आ–आफ्नो पाएक पर्ने बजारहरूमा उपस्थिती भई सेवा लिन सम्मपूर्ण उद्योगी व्यापारीहरूमा वाणिज्य संघले अनुरोध गरेको छ ।
नयां दर्ताको लागि स्थायी लेखा नम्बर र आधिकारीक पसलबाट ३५ दिन ननाघेको नापतौलका सामाग्रीहरू खरिद गरेको विल अनिवार्य हुनुपर्नेछ जनाउदै वाणिज्य उपाध्यक्ष भरत कुमार बस्नेतले आन्तरिक राजश्व कार्यालयमा दर्ताको लागि स्थानीय तहमा दर्ता प्रमाण पत्र नागरिकता, लाल पुर्जाको फोटोकपी तथा फोटो र घर भाडामा भए घर बहाल सम्झौता हुनु पर्ने बताए ।

नापतौलका सामग्रीहरूको परीक्षणबाट उपभोक्ता अधिकार थप बलियो हुने उनको अपेक्षा छ । नापतौलका सामग्रीहरू दर्ताविना सञ्चालन गर्नु कानुनविपरीत हुने भएकाले अनिवार्यरूपमा दर्ता गरेर प्रयोगमा ल्याउन पनि आग्रह गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले व्यापारी व्यवसायीले प्रयोग गर्ने नापतौलका यन्त्रको अनुमति प्रदान गर्ने, जाँच गर्ने, नवीकरण गर्ने, अनुगमन गर्ने, घटीबढी भएको छ भने त्यसलाई कारवाही गर्ने लगायतका काम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?