ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘जनयुद्ध दिवस’ मा रोल्पा विभाजित

सात स्थानीय तह बन्द हुँदा ३ स्थानीय तह खुल्ने
२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

माघ, २९ रोल्पा । रोल्पाका सात स्थानीय तहले फाल्गुन १ गते सार्वजनिक बिदा दिएका छन । तत्कालिन नेकपा माओवादीले २०५२ साल फाल्गुन १ गते देखि सुरु गरेको ‘जनयुद्ध दिवस’ को स्मरण गर्न उनीहरूले फागुन १ गते सार्वजनिक बिदा दिएका हुन । दश स्थानीय तहमध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले ७ स्थानीय तह जितेको थियो । लुम्बिनी प्रदेश सरकारको राजपत्रअनुसार स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी एकदिन सार्वजनिक बिदा दिन मिल्ने प्रावधानअनुसार बिदा दिइएको सार्वजनिक बिदा दिने स्थानीय तहहरूले बताएका छन ।

व्यवस्था परिवर्तनका लागि फाल्गुन १ को महत्व गौरवपूर्ण रहेकाले सो दिन सार्वजनिक विदा दिनु न्यायोचित हुने ठानेर बिदा दिएका हौ रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीले भने । ‘हामीले संविधान र प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेर विदा दिएका छौं’ नगरप्रमुख घर्तीले भने । सुनछहरी गाउँपालिकाले भने फागुन १ को साथै फाल्गुन र २ गते पनि बिदा दिएको छ । फाल्गुन १ गते जनयुद्ध दिवस र २ गते नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको स्मृति दिवसको सन्दर्भ पारेर सार्वजनिक विदा घोषणा गरेको गाउँपालिकाको भनाई छ । गाउँसभाबाट पारित गरेर हरेक वर्ष फाल्गुन १ र २ गते विदा सार्वजनिक विदा दिने क्यालेण्डर वनाएको गाउँपालिको भनाइ छ ।

दश स्थानीय तह रहेको रोल्पामा नेकपा माओवादी केन्द्रले जिल्लाका ७ स्थानीय तहमा जित हासिल गर्दा नेपाली काँग्रेसले २ र नेकपा एमालेले १ स्थानीय तह जितेका छन । ७२ वडा रहेको रोल्पामा नेकपा माओवादी केन्द्रले ४८ वडामा जित हाँसिल गरेको छ । नेपाली काँग्रेसले १४ र नेकपा एमालेले ८ वडामा जीत हासिल गर्दा नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वडा जितेका छन ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा नगरप्रमुख उपप्रमुख सहित ९ वडामा नेकपा माओवादी केन्द्र विजयी हुदा नेपाली काँग्रेसले १ वडाध्यक्ष जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिकामा नगरप्रमुख उपप्रमुख सहित ९ वडाध्यक्ष नेकपा माओवादी केन्द्र र १ वडाध्यक्ष नेपाली काँग्रेसले जितेको थियो । नगरपालिकाको वडा नं २ नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका उम्मेदवारको वरावर मतआएपछि भएको गोलाप्रथाद्वारा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । सो वडाको २ सदस्य नेकपा माओवादी केन्द्र र २ सदस्य नेपाली काँग्रेसले जितेका छन् ।

सुनिल स्मृती गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ७ वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । ८ वडा रहेको सो गाउँपालिकामा १ वडा भने नेपाली काँग्रेसका वागी उम्मेदवार विजयी भएका छन । सुनिलस्मृती गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ४ वडाध्यक्ष जितेको थियो । ३ वडाध्यक्ष नेपाली काँग्रेस र १ वडाध्यक्ष स्वतन्त्रले जितेको सो गाउँपालिकामा यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले यस अघि जितेका सवै वडा गुमाएको छ । वडाध्यक्ष स्वतन्त्र जितेको वडामा समेत वडा सदस्य नेकपा माओवादी केन्द्रले जितेको छ । लुंग्री गाउँपालिकाको अध्यक्ष र उपाध्य सहित ५ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । ७ वडा रहेको सो गाउँपालिकाको २ वटा वडा भने नेपाली काँग्रेसले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित २ वटा वडा नेपाली काँग्रेसले जित्दा नेकपा माओवादी केन्द्रले ५ वटा वडा जितेको थियो ।

सुनछहरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ६ वडा नेकपा माओवादी केन्द्रले जितेको छ । सो गाउँपालिकाको एउटा वडा मात्रै नेपाली काँग्रेसले जितेको छ । ७ वटा वडा रहेको सो गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष उपाध्यक्ष सहित ४ वटा वडा नेकपा माओवादीले जितेको थियो । सो निर्वाचनमा नेकपा एमालेले २ र नेपाली काँग्रेसले १ वडामा जीत हासिल गरेका थिए । यस पटक सो गाउँपालिकामा नेकपा एमाले शुन्य भएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । ५ वडा रहेको थवाङमा १ वडा भने नेकपा एमालेले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र ४ वडाध्यक्ष नेकपा माओवादी केन्द्रले जित्दा १ वडा स्वतन्त्रले जितेका थिए । स्वतन्त्रवाट जितेका उम्मेदवारको निधन भएपछि भएको उपनिर्वाचनमा सो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।
परिवर्तन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । ६ वडा रहेको सो गाउँपालिकाको २ वटा वडा भने नेपाली काँग्रेसले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिका नेकपा माओवादी केन्द्रले क्लीन स्वीप गरेको जिल्लाको एक मात्र गाउँपालिको हो ।

माडी गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ५ वडाध्यक्ष नेकपा माओवादी केन्द्रले जितको छ । ६ वडा रहेको सो गाउपालिकाको १ वडामा नेकपा एकीकृत समाजवादीले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र ५ वडाध्यक्ष नेकपा माओवादी केन्द्र र १ वडाध्यक्ष नेकपा एमालेले जितेका थिए ।

त्रिवेणी गाउँपालिका अध्यक्ष र ३ वडाध्यक्ष नेकपा एमालेले जितेको छ । उपाध्यक्ष नेपाली काँग्रेस र ४ वडाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । ७ वडा रहेको सो गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष उपाध्यक्ष सहित ४ वडाध्यक्ष नेकपा एमाले, २ वडाध्यक्ष नेकपा माओवादी केन्द्र र १ वडाध्यक्ष नेपाली काँग्रेसले जितेका थिए ।

गंगादेव गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ५ वडाध्यक्ष नेपाली काँग्रेसले जितेको छ । ७ वडा रहेको सो गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १/१ वडाध्यक्ष जितेका छन । २०७४ सालके स्थानीय तह निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र ४ वडाध्यक्ष जितेको नेकपा माओवादी केन्द्र यस पटक तेश्रो स्थानमा खुम्चिएको छ । सो निर्वाचनमा नेकपा एमालेले २ र नेपाली काँग्रेसले १ वडा जितेका थिए ।

रुन्टीगढी गाउपालिका अध्यक्ष उपाध्यक्ष सहित ३ वटा वडा नेपाली काँग्रेसले जितेको छ । ९ वडा रहेको सो गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३/३ वडा जितेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित २ वटा वडा नेकपा एमालेले जितेको थियो । नेकपा माओवादी केन्द्रले ४ र नेपाली काँग्रेसले ३ वडा जितेका थिए । नेपाली काँग्रेस र नेकपा एमालेले जितेका जिल्लाका तीन वटा स्थानीय तहमा भने फाल्गुन १ गते सार्वजनिक विदा दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?