Butwal Today

शंकर पोखरेल चढेको गाडी हिजो पल्टियो,आज घटना सार्वजनिक

२८ माघ २०८०, आइतबार
अ+
अ-

बुटवल,२८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी पल्टिएको छ।

पार्टीको कामका लागि दैलेखजाँदै गर्दा दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रामा महासचिव पोखरेलले गाडी पल्टिएको हो।

महासचिव पोखर सवार म १ च ३६९ नम्बरको स्कोरपियो हिजो शनिबार पल्टिएपनि आइतबार मात्रै उक्त घटना सार्वजनिक गरिएको छ।

गाडी पल्टिंदा महासचिव पोखरेललाई सामान्य चोटपटक मात्र लागेको र एक जना एमाले नेतृको हातमा चोट लागेको तर अन्य क्षति नभएको बताइएको छ ।