ट्रेंडिंग:

>> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री

सानो भाषिक त्रुटीले पुर्याउने ठूलो असर

२८ माघ २०८०, आइतबार
२८ माघ २०८०, आइतबार

भाषाको स्तरीय मानक अनुसारको प्रयोग नभएको अवस्थालाई नै भाषिक त्रुटी भनेर बुझिन्छ । अर्थात् मातृभाषा वा अर्को भाषाको प्रयोग गर्ने क्रममा हामीले धेरै अशुद्ध स्वरूपको लेखन वा उच्चारण गर्ने बानी सामान्य जस्तै भएको छ । खासगरी अन्तरवैयक्तिक प्रत्यक्ष कुराकानी वा लेख्य माध्यमबाट गरिएको सञ्चारका क्रममा हुने गल्तीलाई त्यति ध्यान दिईंदैन । यसक्रममा अर्थ अनुमान गरेर वा पुनः थप प्रश्न गरेर वा केही समयपछि थप छलफलका क्रममा सन्देश प्राप्त गर्न सकिने हुन्छ । तर, लिखित वा मौखिक सार्वजनिक अभिब्यक्तिमा प्रयुक्त भाषिक त्रुटीले विशेष चर्चा पाउने गर्दछ । अझ सार्वजनिक महत्वका संघसंस्था वा ब्यक्तिसँग सम्बन्धित वा तिनीहरूले गरेका त्रुटीका बारेमा धेरैको टिप्पणी हुने गर्दछ । अर्थात् हरेक मानिसले आफ्नो हैसियत र ओहोदा अनुसार भाषाको प्रयोग गर्नुपर्दछ भन्ने अपेक्षा आमरूपमा गरिएको हुन्छ । भाषाविद् बेञ्जामिन लि ह्वोर्फका अनुसार भाषाले हाम्रो सोंच्ने तरिकाको खाका प्रदान गर्दछ र हामीले के का बारेमा सोंच्छौं भन्ने निश्चित गर्दछ । अर्थात् हाम्रो भाषा र चिन्तनकावीच गहिरो सम्बन्ध छ । आदरार्थी शब्दको प्रयोग गर्नाले परिवार र समाजमा मान्यजनको आशिर्वाद, माया पाउने र अनुजहरूको सम्मान पाउने हुन्छ । बाह्य समाजमा आफ्नो सभ्यता प्रदर्शन गर्ने प्रमुख र सजिलो साधन पनि भाषा हो । नरम, शिष्ट र स्तरीय भाषाको प्रयोग गर्नाले मानिसहरूकावीच सम्बन्ध सुधार हुने, समझदारी बढ्ने र दिगो स्मरण रहने निश्चित छ ।

आजकल आमसञ्चार माध्यम, सामाजिक सञ्चार सञ्जाल, कार्यालयीय वा कर्पोरेटमा गरिने भाषिक प्रयोगका कारण ब्यापक खण्डन र चर्चा चल्ने गरेको पाइन्छ । नेपाली भाषामा लेखिएका सामग्रीमा ब्याकरणीय हिसाबले त्रुटिपूर्ण लेखाई प्रयोग भएका सरकारी चिठीहरू फेसबुकमा भाइरल भएका पाइन्छन् । अंग्रेजी भाषाको प्रयोगका क्रममा हिज्जे, ब्याकरण र बाक्य संरचना बिग्रेको पाइन्छ । कतिपय संस्थाका तुल, ब्यानर, पर्चा पम्प्लेटमा संस्थाको नाम, ब्यक्तिको नाम, कार्यक्रम, नारामै त्रुटी भेटिन्छन् । आफूलाई असाध्यै अब्बल मान्नेहरूले सामान्य शब्द वा वाक्यमा गर्ने भाषिक त्रुटीका कारण सार्वजनिक रूपमा शीर ठाडो गर्न नसक्ने अवस्था हुन्छ । भाषिक विभेदका कारण सन्देशको अर्थान्तर हुने, कुराकानी निरन्तर रहने वा विचैमा तुहिने भन्ने निश्चित हुन्छ । मुद्दामा असहमति रहँदारहँदै पनि भाषिक प्रयोगका कारण समझदारीमा पुग्न सहज हुने पनि गर्दछ ।

किन मानिसहरूले भाषिक त्रुटिको प्रयोग गर्दछन् ? सार्वजनिक रूपमा टाँगिएका तुल, ब्यानर वा पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता माध्यमका साथै फेसबुक कमेन्ट, साइनबोर्ड, सूचना पाटी वा कार्यक्रमका ब्यानर लगायतमा धेरै त्रुटी देख्न सकिन्छ । यी त्रुटीहरू मानवीय कारणले हुने गर्दछन् । विशेषगरी प्रुफ रिडिङका क्रममा ध्यान पुग्न नसकेका कारण वा प्रुफ रिडिङको कामलाई महत्व नदिंदा त्रुटि भैरहन्छन् । त्यसैगरी यस प्रकारका प्राज्ञिक कार्य प्रायः छोटो समयमा तयार पार्नुपर्ने वा अन्तिममा हतारहतार ठूलो मात्रामा विषयवस्तु दिने गर्नाले पनि आवश्यक ध्यान पुगेको हुँदैन । त्यसैगरी विषयवस्तु तयार गर्ने वा सिर्जना गर्ने ब्यक्तिमा पनि भाषिक सिपको आवश्यकता पर्दछ । आफ्ना विचारलाई शुद्धसँग अभिब्यक्त गर्न सक्ने क्षमताभयो भने त्रुटी कम हुन्छ । आजकल विद्युतीय साधनहरूका सहायताले स्वचालित अनुवाद गरी प्रस्तुत गर्ने गर्दा कहिलेकाँही अनुवादित भाषा र सन्देशको मर्म समेटिएको हुदैन । त्यसैगरी पाठको सम्पादन र सेटिंगका क्रममा पनि भाषिक परिवर्तन भै त्रुटिपूर्ण संरचना वा अभिब्यक्ति बन्ने गर्दछ । कम्प्युटर प्रविधिबाट गरिने मुद्रण, सम्पादनका क्रममा फन्ट परिवर्तन भै त्यसलाई सच्याउन ध्यान पुगेन भने परिवर्तित स्वरूप नै मुद्रण हुन्छ । त्यही विषयवस्तु सार्वजनिक हुन गै त्रुटिपूर्ण भाषिक प्रयोग बढेको पाइन्छ । पेशागत अभिब्यक्ति दक्षता प्रदर्शन गर्नका लागि कुनैपनि संस्था वा ब्यक्तिले त्यस प्रकारका विषयवस्तु सिर्जना गर्दा प्रुफरिडिङ र भाषिक गुणस्तर ब्यवस्थापन गरी पेशागत दक्षता प्रदर्शन गर्ने र सन्देशको वास्तविक अर्थबोध गर्न मद्दत गर्न सक्नुपर्दछ ।

भाषिक त्रुटीको असरका कारण ब्यक्ति र संस्थाको इज्जत प्रतिष्ठामा आँच आउने, आम मानिसहरूको आस्था र विश्वास घट्ने, सन्देशको अर्थ अपूर्ण हुने वा गलत अर्थ लाग्ने वा दोहोरो अर्थ लाग्ने वा अर्थ नै नलाग्ने हुन जान्छ । आवरणको सुन्दरता बिग्रने, भाषिक संरचना बिग्रने, समग्र पाठको ढाँचा बिग्रने हुन्छ । प्रयोगकर्तालाई लज्जाबोध र हिनताबोध हुन गै कार्यमा उत्प्रेरणा घट्ने, जोश जाँगर घट्ने र समग्रमा कार्य गुणस्तर कमजोर हुन जान्छ । भाषिक त्रुटी सिर्जना गर्ने ब्यक्ति सभाका अतिथि, विज्ञका साथै सहकर्मी सहपाठीका नजरमा कमजोर सावित हुन्छ । पटक पटकको त्रुटीपछि त्यस्ता ब्यक्तिले अवसर गुमाउन थाल्छन् । अन्यको रोजाइमा पर्न छाड्छन् ।

दुर्भाग्य मान्नुपर्छ कि एउटा गल्ती ढाकछोप गर्नाका लागि अर्का झुठ कार्य गर्दै जाने हाम्रो बानी छ । कतिपय मानिसहरूले गल्तीलाई सच्याउनुको सट्टा चर्को स्वरमा चिच्याउने, त्यस्तै कमजोर क्षमता भएका मानिसहरूको भजनमण्डली तयार गरी बेहोसीमा जिन्दगी बिताउने गरेको र गल्ती गरिरहँदा पनि आफूलाई सच्याउने तर्फ नलाग्ने गरेको पनि पाइन्छ । गल्तीलाई स्वीकार गर्ने, गल्तीबाट पाठ सिकेर पुनः त्यस्तै र अन्य गल्ती नहोस् भनेर सतर्कता अपनाउने वा तयारी गर्ने, प्रुफ रिडिङमा ध्यान दिने बानी बसाल्नु आवश्यक छ । कुनैपनि विषयवस्तुलाई सार्वजनिक गर्नुपूर्व पटकपटक पढ्ने र पुनः लेखन गर्ने गर्नु आवश्यक छ । विषयवस्तु सिर्जना गर्दा समेत आधिकारिक शब्दकोष वा ब्याकरण सामग्रीको उपयोग गरी भाषिक स्तरीयता कायम गर्नुपर्दछ । विषयवस्तुको क्षेत्र अनुसारका भाषिक प्राविधिक शब्दावलीको प्रयोग, वाक्य तथा अनुच्छेद संरचना, चित्र तथा तालिका जस्ता साधनको उपयोग गर्न सक्यो भने सन्देश प्रवाह र भाषिक क्षमतामा उच्चता हासिल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?