ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

प्रदेशमा मातृशिसु मृत्युदरः आफ्नै तथ्यांकले ‘गिज्याउँदै’

२८ माघ २०८०, आइतबार
२८ माघ २०८०, आइतबार

बुटवल, २८ माघ । प्रदेशमा दुई/दुई वटा प्रादेशिकस्तरका अस्पताल, ३ वटा संघीय स्तरका अस्पताल, १३ वटा जिल्लास्तरका अस्पताल, स्वास्थ्य चौकी १ हजार ९ सय ४०, १९ वटा साधारण अस्पताल, २८ वटा आधारभूत स्वास्थ्य उपचार केन्द्र, ५ सय ६३ वटा हेल्थ पोष्ट, ४ सय ४९ वटा बर्थिङ्ग सेन्टर, आधारभुत स्वास्थ्य केन्द्र ३ सय ४ वटा लगायत गरी सरकारी स्वाथ्य संस्था प्रदेशमा ४ हजार ४१ वटा भन्दा स्वास्थ्य संस्था छन् ।
यी संस्थामा कार्यरत स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्ति हजारौंको संख्यामा छ । तर पनि प्रदेशमा मातृृशिशु मृत्युदर भने उच्च भएको पाइएको छ । समयमा नै उपचार नहुँदा, आमाको पेटमा बच्चा रहेको बेला सहि उपचार नहुँदा, सुरक्षित सुत्केरी नहुँदा लगायतका कारणले गर्दा लुम्बिनी प्रदेश देशमै सबैभन्दा बढि मातृ शिशु मृत्युदुर भएको प्रदेशको रूपमा गणना भएको हो ।

प्रदेशको स्वाथ्य निर्देशनालयको सरकारी तथ्यांक अनुसार देशमा सबैभन्दा बढि शिशु मृत्यु हुने प्रदेशमा लुम्बिनी प्रदेश पहिलो नम्बरमा रहेको हो । प्रदेशको स्वास्थ्य निर्देशनालयका परिवार कल्याण शाखाका स्वास्थ्य निरिक्षक कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा देशमा सबैभन्दा बढि मातृशिशु मृत्यु हुने प्रदेशको रूपमा रहेको हो । उनका अनुसार सबैभन्दा कम बाग्मती प्रदेशमा रहेको छ । बाग्मती प्रदेशमा स्वास्थ्य अवस्था कम मात्रामा शिशुको मृत्यु हुँदा केही तुलनात्मक रूपमा राम्रो देखिएको उनको तर्क छ ।

तर लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर उच्च हुँदा प्रदेशको स्वास्थ्य अवस्था माथि नै प्रश्न चिन्ह खडा भएको पाइएको हो । माृतशिशु मृत्युदर कम गर्न लुम्बिनी प्रदेश सरकार चुकेको पाइएको छ । प्रदेशमा विभिन्न कार्यक्रम, योजना तथा परियोजना सञ्चालन भएको भएपनि सरकार आफ्नै कार्यक्रमममा चुकेको हो । नेपालमा प्रति एक लाख जिवीत शिशुको जन्म हुँदा प्रति १ सय ५१ जना मात्रै बच्चाहरूको मृत्यु हुने गरेकोमा लुम्बिनी प्रदेशमा भने झण्डै दोब्बरमा उक्त संख्या रहेको छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार प्रदेशमा प्रति १ लाख शिशुमा २ सय ७ जना शिशुले ज्यान गुमाउने गरेको पाइएको हो । स्वाथ्यका हिसाबले सबैभन्दा पछि परेको सुदूरपश्चिम प्रदेशमा जम्मा १ सय ३० जना शिशुको मात्रै मृत्यु हुने गरेको छ । यस्तै छिमेकी प्रदेश कर्णाली पनि स्वास्थ्य उपचार लगायतका विषयमा दुर्गम नै मानिन्छ तर त्यहाँ लुम्बिनी पछि सबैभन्दा बढि १ सय ७२ जना, गण्डकीमा १ सय ६१ जना, मधेस प्रदेशमा १ सय ४० जना, कोशीमा १ सय ५७ जना, बाग्मतीमा ९८जना शिसुको मृत्यु हुने गरेको हो । जुन स्वाथ्य मन्त्रालयको तथ्यांक हो ।

प्रदेशमा जसमा प्रति १ लाख जिवीत शिसु जन्मीदा २ सय ७ जना शिशुुको मृत्यु भएको हो जुन सबैभन्दा कमजोर अवस्थाको चित्ररण गरेको हो ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा १ सय ५१ जना आमाहरूको मृत्यु हुने गरेको पाइएको छ । जुन नेपालको तथ्यांक हो । नेपालमा सबैभन्दा बढि लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार प्रदेशमा १ लाख जीवीत जन्ममा २ सय ७ जना आमाको ज्यान गुमाउने गरेको पाइएको हो । जुन सबैभन्दा बढि लुम्बिनी प्रदेशमा रहेको छ ।

स्वास्थ्य निर्देशनालय दाङका अनुसार सबैभन्दा दुर्गम मानिने सुदुरपश्चिम र कर्णालीमा भन्दा पनि बढी आमाहरूको मृत्यु हुने गरेको तथ्यांक छ । जिल्ला अनुसारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी बाँके जिल्लामा १ वर्षमा ३६ जना आमाहरूको मृत्यु भएको तथ्याङ रहेको छ । त्यस्तै ठूला अस्पताल र मेडिकल कलेजहरू अबस्थित जिल्लाहरूमा नै मातृ तथा नवजात शिशुको मृत्यु बढी भएको छ ।
स्वास्थ्य निर्देशनालयका मातृ तथा नवजात शिशु कार्यक्रम फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा रहेको मातृ तथा नवजात शिशु मृत्युलाई कम गर्नको लागि लुम्बिनी प्रदेश सरकार ले विभिन्न कार्यक्रम संचालन गर्दै आयको छ,जस्तै निशुल्क हवाई उद्दार कार्यक्रम राखेको । जसले गर्दा दुर्गमममा आमाहरूलाई अस्पताल पु¥याउनको लागि सहज हुने दाबी गरेको भए त्यो कार्यक्रम प्रर्याप्त छैन । लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्य दर पनि समस्या रहेको छ । स्वास्थ्य निर्देशनालयका मातृ तथा नवशिशु कार्यक्रमका फोकल पर्सन भण्डारीका अनुसार आ.ब २०७९/०८० को तथ्याङ्क अनुसार एक वर्षमा प्रदेशमा जम्मा ५८० जना नवजात शिशुहरूको मृत्यु भएको छ ।

शिशु मृत्युको तथ्याङ्क हेर्नेहो भने निजि तथा प्राईभेट मेडिकल कलेजमा ३२५ जना शिशुको मृत्यु भएको छ।नेपाल सरकारले नवजात शिशु मृत्यु कमगर्नको लागी सरकारी अस्पतालहरूबाट २८ दिन सम्मको शिशुको निःशुल्क उपचारको व्यबस्था मिलाएको छ । एनडीएचएस २०२२ को तथ्याङ्क अनुसार प्रति हजार जिवित जन्ममा २४ जना नवजात शिशुको मृत्यु २८दिन नपुग्दै भएको पाईएको छ । सो सँख्या दिगो विकास लक्ष्य २०३० को लक्ष्य भन्दा दोब्बर हो ।
आमा पनि असुरक्षित

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेश आमा सुरक्षामा समेत कमजोर देखिएको छ । मातृशिसु मृत्युदरमा उच्च रहेर आफ्नो रेकर्ड कायम गरेको प्रदेशले आमा सुरक्षापनि कमजोर देखिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अनुसार प्रदेशमा प्रति लाख जना शिसु जन्माउँदा १ सय ५८ जना आमाले ज्यान गुमाउने गरेको पाइएको हो । प्रदेशमा २ सय ७ मातृमृत्यु अनुपात गरेको छ । प्रदेशमा प्रति एक लाख जना जीवीत बच्च जन्मिदा २ सय ७ जना आमाहरूले ज्यान गुमाउने गरेको पाइएको हो ।

एक बर्षमा प्रदेशमा १ सय ५८ जना आमाले ज्यान गुुमाएका छन् । जसमा सबैभन्दा बढि रूपन्देही जिल्लामा रहेको छ । स्वाथ्य सेवास्तरले सुगमान मानिएको बाँके जिल्लामा एक बर्षमा ३६ जना आमाले ज्यान गुमाएका छन् । रूपन्देही जिल्लामा बाँके पछि दोस्रो छ । स्वाथ्य निर्देशनालयको तथ्यांक अनुसार रूपन्देहीमा एक बर्षमा ३० जना आमाले ज्यान गुमाएका थिए । यस्तै कपिलवस्तुमा २८ जना, बर्दियाँमा १४ जना, दाङमा १५ जना, नवलपरासी र गुल्मीमा ७/७ जना, रोल्पा र प्यूठान मा ६/६ जना, अर्घखाँची पाल्पामा ४/४ जना, रोल्पामा ६ जना, अर्घाखाँचमिा ४ जना, रुकुम पूर्वमा १ जना आमाले सुत्केरी हुँदा ज्यान गुमाएका छन् । जुन तथ्यांक राष्ट्रिय तथ्यांक कार्यालयको अघिल्लो बर्षको तथ्यांक हो ।

२०–२४ उमेरका आमाहरूको उच्च जोखिममा
मातृ मृत्युदुरमा प्रदेशमा सबैभन्दा बढि २० देखि २४ बर्ष उमेर समुहका आमाहरू रहेको पाइएको छ । स्वाथ्य निर्देशनालयका अनुसार उक्त उमेर समूहका आमाहरू बढि जोखिमममा रहेका हुन । जसमा २९ प्रतिशत आमाहरूको मृत्यु २० देखि २४ बर्षको उमेरमा हुने गरेको छ । यस्तै २५ देखि २९ बर्ष उमेर समुहका २७ प्रतितश, ३० देखि ३४ का १७, ३५ देखि ४९ का १९ र १५ देखि १९ बर्ष उमेर समूहका किशोरी आमाहरूको मृत्यु संख्या ८ प्रतिशत रहेको छ ।

गाउँपालिका क्षेत्र भित्रका आमाहरू मृत्यु बढि
एक तथ्यांक अनुसार नगरपालिका, महानगरपालिका क्षेत्र भन्दा गाउँपालिका क्षेत्रका आमाहरूको मृत्यु बढि हुने गरेको पाइएको हो । तथ्यांक अनुसार स्वाथ्य संस्थामा ५४ प्रतितश र अन्य स्थानमा ४६ प्रतिशत आमाहरूको मृत्यु भएको छ ।
यस्तै अन्य स्थानलाई पनि हेर्दा घरमा २९ प्रतिशत, घरबाट स्वाथ्य चौकी जाँदा गर्दा ५ प्रतिशत र स्वाथ्य संस्थाबाट स्वास्थ्य संस्थामा लैजाँदै गर्दा सुत्केरी हुन नसकेकर १२ प्रतिशत आमाहरूको मृत्यु भएको हो । यस्तै ५३ प्रतिशत गाउँपालिका, ३४ प्रतिशत नगरपालिका र महानगर र उप–महागरपालिका क्षेत्रमा मात्रै १३ प्रतिशत मातृमृत्युदर रहेको पाइएको हो ।

लुम्बिनी प्रदेशको स्वाथ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले मातृमृत्यु दर, मातृशिसु मृत्युदर कमी गर्नको लागि सबैले पालिका देखि नै सहकार्य गर्नुपर्ने बताउँछन् । उनी भन्छन्–‘यसमा एकल प्रयासबाट संभव छैन, सबैले मिलेर सहकार्य गरेर यो दर कमी गर्नु पर्छ ।’
लुम्बिनी प्रदेशका स्वाथ्य सचिव डा. जनार्दन पन्थीले प्रदेशको मातृ शिशु मृत्युरको तथ्यांकले आफुलाई पीर लागेको बताउँछन् । उनले यो विषयमा मन्त्रालयले गम्भिरतापुर्वक लिएको जानकारी दिँदै आफुले मन्त्रालयबाट मातृशिशु मृत्युदर र मातृ मृत्युदरलाई कम गर्नको लागि सक्दो प्रयास गर्ने जानकारी दिए । उनले मातृशिशु मृत्युदरलाई कम गर्नको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सिसीयु, पिआईसीयु लगायतका सेवा शुभारम्भ गरिएको जानकारी दिदै बर्थिङ्ग सेन्टरसमेत शुभारम्भ गरिएकोले यसले केही हद सम्म समस्या समाधान हुने जानकारी दिए । उनले यसको लगि मन्त्रालयबाट बजेट विनियोजन गरी बर्थिङ्ग सेन्टर र पिआईसीयु सेवा शुभारम्भ गरिको जानकारी दिए । उनले अहिले सेवा विस्तार गरिएकोलाई अझ बढि बिस्तार गरेर अगाडि लैजानुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?