Butwal Today
बुटवल मेयर कप फुटबल प्रतियोगिता

अक्सफोर्ड र नवीन बिच उपाधि भिडन्त

२८ माघ २०८०, आइतबार
अ+
अ-

बुटवल, २८ माघ । बुटवलमा जारी प्रथम विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि बिच खेल हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको आईतबार भएको सेमीफाईनलमा विजयी हुदै अक्सफोर्ड र नबिन औद्योगिक माबि उपाधि दाबेदारी पेश गरेका हुन ।

देविनगरस्थित एन्फा एकेडेमीमा भएको पहिलो सेमीफाईनलमा अक्सफोर्ड माविले स्कलर्स होमलाई ३–० तथा नवीन औद्योगिक माविले उजिरसिंह माविलाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन । फाइनल खेल सोमबार दिउसो २ बजे एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय भाग लिएका थिए ।

प्रतियोगितामा उपाधि विजेता टिमले एक लाख रुपैया, उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । यसैगरि सेमीफाइनलमा पुग्ने २ टिमलाई नगद १८–१८ हजार रुपैयाका दरले पुरस्कार, शिल्ड र पदक, उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कृत गरिने उनले बताए ।