Butwal Today

यस्तो रहनेछ आजको मौसम

२७ माघ २०८०, शनिबार
अ+
अ-

काठमाडौं,२७ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।