ट्रेंडिंग:

>> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित

सुदूरपश्चिम प्रदेश सरकारको एक वर्षे उपलव्धीमा सत्तारुढ दल नै रुष्ट

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

धनगढी,२७ माघ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन्। शनिबार मुख्यमन्त्री शाहले उपलब्धि सार्वजनिक गरेका हुन्।
एक वर्षको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि भने हासिल गर्न सकेको छैन । सुदूरपश्चिम स्वरोजगार कोषबाट १४ सहकारी मार्फत ४ सय ६२ जनालाई १० करोड ३० लाख कर्जा,सुदूरपश्चिमको आर्थिक सर्वेक्षण प्रकाशन,विभिन्न प्रतियोगिता सञ्चालन,कर्मचारीहरूलाई तालिम,कृषीयन्त्र उपकरण र अनुदान वितरण,सडकहरू निर्माण प्रक्रियाको थालनी लगायतलाई प्रमुख उपलब्धि मानिएको छ ।
अनुगमन,भ्रमण र बैठकलाई नै उपलब्धि मानिएको छ । इजरायल घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई दुई ⁄दुई लाखका दरले रकम सहयोग,बझाङ भूकम्प प्रभावितहरूको उद्धार तथा राहत वितरणमा ११ करोड खर्च ,जाजरकोट भूकम्प पीडितहरूका लागी १ करोड रकम सहयोग,सुदूरपश्चिममा प्राकृतिक विपत्तिको समयमा निरीक्षण,उद्धार तथा राहत सामाग्री सहयोग,स्थलगत अवलोकन अनुगमन,९ वटै जिल्लामा भ्रमणलाई प्रदेश सरकारको उपलब्धि मानिएको छ ।
सुदूरपश्चिम सरकारले आफ्नो एक वर्षलाई उत्साहजनक रहेको दाबी गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सरकार गन्तव्यहीन भएको आरोप लगाएको छ ।

‘सरकारको एक वर्षमा कुनै कामको मूल्याङ्कन हुने अवस्था छैन सरकारले यो बेला सम्म कुनै काम गरेको छैन ’ एमाले प्रमुख सचेतक सुरेन्द्र पालले भने, ‘सरकारले बिजनेस दिन सकेको छैन । काम कारबाही गर्न सकेको छैन ’ । बजेट खर्चमा पनि उपलब्धि गर्न सकेन । विकास निर्माण गर्न सकेन।’राप्रपा सांसद खिमा देवी विष्टले पनि सरकारले काममा गति दिन नसकेको बताइन् ।
बजेट पास भएको ६ महिना बितिसक्दा पनि १५ प्रतिशत खर्च गरेको भन्दै उनले प्रदेश सरकार फेद भएको बताइन् ।
अहिले कमल बहादुर शाह नेतृत्वका सरकारसँग कांग्रेस र नेकपा एकीकृत समाजवादीले खुलेर विरोध गरेका छैनन् तर माओवादी र नागरिक उन्मुक्ति पार्टीले सांसदमै सरकारको आलोचना गरिसकेका छन् ।
‘माननीयहरूलाई सोर्दैन । हामी सुन्दै छौँ बहुवर्षीय ठेक्काहरू केही सीमित भूगोलमा भकाभक भइरहेका छन् ’ सरकार एकलौटी ढङ्गले अगाडी बढिरहेको भन्दै उनले उनले अघिल्लो प्रदेश सभा बैठकमा भने, ‘सिङ्गो सुदूरपश्चिम बेखवर छ । सिङ्गो संसद् बेखवर छ । यो अवस्था कसरी आयो म प्रश्न गर्न चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?