ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

महिला फुटबलमा ‘शून्य खेलाडी’

स्थानीय पालिका, प्रदेशका खेलकुद विकास परिषद्, जिल्ला खेलकुद विकास परिषद् लगायतका जिल्लामा सरकारी संस्थाहरू रहेपनि महिला फुटबल खेलाडी (छात्रा) उत्पादन तर्फ भने कुनै पनि चासो देखाउन सकेका छैनन । जसको कारण विगत ८ बर्षदेखि रूपन्देही महिला फुटबल खेलाडीमा ‘शुन्य जस्तै’ रहेको छ ।
२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

बुटवल, २७ माघ । कुनै समय थियो रूपन्देहीबाट मात्रै महिला राष्ट्रिय फुटबल टिममा ४ देखि ५ जना महिलाहरू सहभागी हुन्थे । जसमा भगवती थापा, कमला हिराचन, विनु रोकाय, मधु थापा, ईन्द्र राना, किरण बज्राचार्य लगायतका महिला खेलाडीहरू राष्ट्रिय टिममा परेर खेलेको ईतिहास छ । कुनै खेलाडीहरूत देशकै प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रियस्तरको समेत प्रतियोगीता खेलेका छन् । तर रूपन्देही जिल्ला सहित पाल्पा, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरूमा विगत ८ बर्ष यता कुनै पनि महिला फुटवल खेलाडीहरू छैनन । प्रदेशस्तरिय महिला

फुटवल टिमको लागि अन्तर २० तथा सिनियर टिममा कुनै पनि महिला छनौटका लागि समेत सहभागी हुन नसकेका हुन । स्थानीय पालिका, प्रदेशका खेलकुद विकास परिषद्, जिल्ला खेलकुद विकास परिषद् लगायतका जिल्लामा सरकारी संस्थाहरू रहेपनि महिला फुटबल खेलाडी (छात्रा) उत्पादनतर्फ भने कुनै पनि चासो देखाउन सकेका छैनन । जसको कारण विगत ८ बर्षदेखि रूपन्देही महिला फुटवल खेलाडीमा ‘शुन्य जस्तै’ रहेको छ ।

राष्ट्रिय अन्डर २० फुटवल प्रतियोगीताका प्रशिक्षक यम बहादुर गुरुङ्गका अनुसार प्रदेशस्तरिय खेलाडी छनौटको लागि रूपन्देही, पाल्पा, नवपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट यो भन्दा पहिला १ जना पनि खेलाडी छनौटको लागि जान नसकेको बताउँछन् । कुनै समयमा रूपन्देहीबाट मात्रै महिला फुटबल टिममा ४, ५ जना भन्दा बढि पर्नेमा अहिले भने शुन्य भएको उनको भनाई छ । उनी भन्छन्–‘खेलाडीहरू खोज्दा समेत पाउँदैन, ८ बर्ष भन्दा बढि भयो, अहिले टिम कुनै पनि छैन ।’

रूपन्देहीमा महिला फुटबल खेलाडीको टिम नै छैन भने अर्को तर्फ विद्यालयस्तरमा पनि एक जना पनि समुह तयार हुन सकेको छैन । बुटवल उपमहानरपालिकाले बिहीबार बाट विद्यालय स्तरिय छात्र फुटवल प्रतियोगिता आयोजना गर्दै गर्दा छात्रा टिम समेत एउटा पनि तयार हुन सकेन । बुटवल उपमहानरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाका अनुसार विद्यालय स्तरिय फुटबल प्रतियोगिताको लागि बुटवलका विद्यालयहरूबाट कुनै पनि महिला टिम तयार नभएको बताउँछन् । उनले जसको कारण छात्र (पुरुष) फुटवल प्रतियोगीता मात्रै आयोजना गर्न आफूहरू बाध्य भएको उनको भनाइ छ । बुटवल उपमहानगरपालिका भित्र मात्रै नभएर रूपन्देही जिल्लाभरीमा नै विद्यालय स्तरमा छात्रा फुटवल खेलाडीहरूको टिम नै नभएको कारण समस्या रहेको उनको भनाइ रहेको छ ।
लुम्बिनीको प्रदेश कुरा गर्दा महिला फुटबल टिम राम्रो रहेको बर्दिया जिल्ला रहेको छ । जसमा अहिले पनि महिला टिम रहेको छ । यसको अलवा दाङ जिल्लाका केही खेलाडीहरू रहेका छन् भने अन्य जिल्लाहरूमा प्रायः महिला फुटवल शुन्य जस्तै खेलाडीहरू छन् ।
राष्ट्रिपति रनिङ सिल्डमा समेत समेटिदैन फुटबल

जिल्ला फुटवल संघ रूपन्देहीका अध्यक्ष लोक पुनका अनुसार स्थानीयस्तरमा, जिल्ला स्तरमा र प्रदेश स्तरमा आयोजान हुने राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगीतामा फुटबललाई हेला गरिएको बताउँछन् । उनले महिला फुटवल प्रतियोगीतालाई विद्यालय स्तरबाट नै अगाडि बढाउनको लागि पुरुष र महिला फुटवल टिमको अनिवार्य सहभागिता गर्ने गरी व्यवस्था सरकारी निकाय बाट हुन सकेमा विद्यालय स्तरबाट नै महिला फुटबल खेलाडीहरू उत्पादन हुन सक्ने उनको तर्क रहेको छ ।

केन्द्रबाट नै राष्ट्रपति रनिङ्ग सिल्डमा फुटवल खेल समावेश गरिएको छैन । उनी भन्छन्–‘महिला फुटबल को लागि क्रेज रहेपनि उनीहरूको लागि तालिम, ग्रास रुटमा नहुनु, नियमित प्रतियोगीतामा महिला फुटवल प्रतियोगीता सहभागी नै नहुनु, सहभागी भएपनि विभागीय टोली संग प्रतिष्पर्धा नै गर्न नसक्ने भएको कारण पनि महिला फुटवलमा नैरस्यता छाएको छ ।’

३२ जनामा एक्लो छात्रा

अहिले सरकारी स्तरबाट स्थापना भएको एन्फा एकेडमी बुटवल देविनगरमा नियमित रूपमा फुटवलको प्रशिक्षण हुदै आएको छ । जसमा ३२ जना विद्यार्थीहरूले फुटबल सिक्दै आएका छन् । जसमा एक जना मात्रै छात्रा रहेका छन् । एक जना छात्रा बाट १२ जनाको समूह, टिम बनाउनको लागि समस्या रहेको जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन बताउँछन् ।

सरकारी निकायबाट जिल्लामा स्थापना भएको जिल्ला खेलकुद विकास समिति समेत छ । जसबाट नियमित तलब भत्ता खानेगरी प्रशिक्षकहरू समेत नियुक्ती छन् । तर महिला फुटबल टिम निर्माणमा भने खेलकुद विकास समिति पनि उदासीन देखिएको पाइएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि क्षेत्री अहिले विदेश छन् ।

जिल्ला खेलकुद विकास समिति रूपन्देहीका सचिव राजेन्द्र श्रेष्ठका अनुसार यो विषयमा महिला फुटवल खेलाडी तयार गर्ने, प्रतियोगिता गर्ने विषयमा कुनै पनि ठोस निर्णय भएको छैन । उनी भन्छन्–‘यो विषयमा प्रतियोगीता नै नभएर हो, जिल्ला फुटवल संघले पनि गर्न सक्ने हो, प्रदेशले पनि गर्न सक्ने हो, तर यसमा समंन्वय नै भएको छैन । ’

प्रदेशस्तरिय तयार गर्छाैंः

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले केन्द्रबाट नै महिला फुटवल खेलाडीहरूको ठोस व्यवस्था नभएको कारण समस्या भएको बताउँछन् । उनले विगत लामो समयदेखि एन्फा विवादमा हुनु, रहेका एकेडेमीहरू पनि बन्द हुनु र महिलाको लागि छुट्टै एकेडमी स्थापना हुन नसक्नुको कारण महिला फुटवल धरासायी हँुदै गएको बताए । तर प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरिय महिला फुटबल टिम तयार गर्नको लागि भने तयारी गरिरहेको उनको भनाइ रहेको छ ।

राष्ट्रपति रनिङ्गसिल्डमा केन्द्रदेखि नै फुटबल खेल नै समाबेस नहुनु, विद्यालयस्तरमा, स्थानीय स्तरमा महिला फुटबल प्रतियोगिता, टुनामेन्ट समेत आयोजना नहुने भएको कारण फुटबल खेल्ने ईच्छाशक्ति, जोस, जाँगर भएका छात्राहरू पनि यत्तीकै थन्कीएर बस्नुपरेको तितो यथार्थता रहेको उनको भनाइ छ । उनी भन्छन्–‘महिला फुटवल टिम तयारको लागि विद्यालय स्तरबाट नै सुरुवात हुन आवश्यक छ, हामीले प्रदेश खेलकुद परिषदले के कहाँ सहयोग गर्ने हो, गर्न तयार छौ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?