Butwal Today

नेपाल र क्यानडाबीच आज पनि खेल हुंदै

२७ माघ २०८०, शनिबार
अ+
अ-

काठमाडौं,२७ माघ । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान सवा ९ बजे शुरु हुनेछ।

घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै श्रृङ्खला जित्ने योजनामा हुनेछ। पहिलो खेलमा क्यानडामाथि ६ रनको रोमाञ्चक जित निकालेको थियो। नेपाल एक खेलअगावै सिरिज जित्न चाहन्छ।

पाहुना टोली क्यानडा पनि नेपाललाई हराउँदै सिरिजमा बराबरी चाहन्छ।