Butwal Today

मणिमुकुन्दमा ग्राण्ड फुड फेस्टिबल

२६ माघ २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २६ माघ । मणिमुकुन्द कलेज बुटवलमा ग्राण्ड फुड फेस्टिबल, नतिजा प्रकाशन र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कलेजमा होटेल म्यानेजमेन्ट पढ्ने कक्षा १२ का दिवा र बिहानी समूहका विद्यार्थीहरुले पहिलोपटक फुड फेस्टिबल गरेका हुन् । फुड फेस्टिबलमा विभिन्न परिकारका १० वटा स्टल राखिएका थिए ।
कार्यक्रममा बोल्दै प्राचार्य टुकबहादुर क्षेत्री, सहप्राचार्य दिवाकर खनालले विद्यार्थीले पाठ्यक्रममा सिकेको ज्ञान व्यहारमा उतार्न सकून् भन्ने उद्देश्यले फुड फेस्टिबल गरिएको बताए ।
कलेजका व्यवस्थापन संयोजक पशुपति चौधरी,विज्ञान संयोजक लक्ष्मण गैरेले विद्यार्थीलाई जीवन उपयोगी र व्यवहारिक ज्ञान अभिबृद्धिका गराई आत्मनिर्भर एवं व्यवसायीक बनाउन फुड फेस्टिबलले सहयोग पुग्ने बताए ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे,अभिभावक जीएन शर्मा न्यौपाने, होटल फ्लमिंगोका जनरल म्यानेजर भानु राई, सेल्स डिरेक्टर प्रकाश खनाल,विद्यार्थी निर्माण सुवेदी लगायतले मणिमुकुन्द कलेजले शैक्षिक गुणस्तरसंगै विद्यार्थीको चौतर्फी विकासलाई उत्तिकै महत्व दिएर अतिरिक्त क्रियाकलापमा पनि अग्रणी रहेको बताए ।
फुड फेस्टिबलमा विद्यार्थीले तयार गरेका परिकार अभिभावक,विद्यार्थी, प्राध्यापक लगायत एक हजार बढीले किनेर स्वाद लिएका होटेल म्यानेजमेन्टका शिक्षकहरु दिलिप आले र गोबिन्द गाहाले बताए ।
शुक्रबारै सार्वजनिक गरिएको पुर्व ल्याकत (प्रि सेन्डअप) को नतिजा प्रकाशनपछि विद्यार्थीलाई अभिभावकसंगै राखेर परीक्षामा उनीहरुका सबल र कमजोर पक्षबारे विषय शिक्षकहरुले सुझाव दिइएको कलेजका सञ्चालक उमापति न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?