ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

पामिर एकेडेमीको १६ औं वार्षिकोत्सवः व्यावहारिक र प्रविधियुक्त शिक्षामा जोड

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

तिलोत्तमा, २६ माघ ।

पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा बोल्ने अभिभावक, टोलविकास संस्थाका प्रतिनिधि एवं शिक्षा क्षेत्रका व्यक्तिहरुले संस्कारयुक्त, व्यावहारिक र प्रविधियुक्त शिक्षा आजको आवश्यकता भएको भन्दै पामिरले यी तीनै कुरामा आफूलाई अग्रसर बनाएको बताएका छन् ।

कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्यले रुपन्देही जिल्ला शैक्षिक हवको रुपमा विकास भएको र तिलोत्तमा क्षेत्र यसको केन्द्र बनेको भन्दै स्थानीय सरकारले समय सुहाउँदो शिक्षा नीति अंगिकार गरेको बताए ।

उनले गुणस्तरीय र प्राविधिक शिक्षालाई जोड दिएर विद्यार्थीहरुलाई व्यावहारिक र सीपयुक्त बनाउनुपर्नेमा जोड दिंदै पामिरले दिंदै आएको व्यावहारिक शिक्षाबाट सबैले अनुसरण गर्नुपर्ने बताए ।

प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेयले सरकारले संस्थागत विद्यालयहरुमाथि विभेद गरेको भन्दै गुणस्तरीय शिक्षा प्रदान गरिरहेका संस्थागत विद्यालयहरुमाथि विभेदपूर्ण नीति नलिन चेतावनी दिए । निजी विद्यालयहरुको लडाई सरकारसँग अहिले पनि जारी रहेको भन्दै उनले सबैले अपनत्व महशुस गर्ने गरी शिक्षा नीति तय गर्न सरकारसँग आग्रह गरे । उनले संस्थागत विद्यालयका लागि स्थानीय सरकारले संरक्षणको नीति लिनुपर्ने बताए ।

पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिक्षाको विकासबिना कुनै पनि क्षेत्रको विकास असम्भव भएकाले स्थानीय तहले शैक्षिक गुणस्तर वृद्धि सँगसँगै लगानी बढाउनुपर्ने बताए ।

विद्यालयका अभिभावक मुकुन्द ज्ञवालीले पामिरले दिएको सीपयुक्त र व्यावहारिक शिक्षाका कारण विद्यार्थी सिर्जनात्मक बन्दै गैरहेको भन्दै अभिभावकहरुले पनि घरमा बालमैत्री वातावरणको निर्माण गर्नुपर्ने बताए ।

मिलिजुली आमा समूहकी अध्यक्ष वसुन्धरा पाण्डेले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले शैक्षिक स्तर सुधारमा टेवा पुग्ने भएकाले यसका लागि तीनै पक्ष जवाफदेही र जिम्मेवार हुनुपर्ने बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यालयले विद्यार्थी केन्द्रित सिकाई विधिलाई जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताए ।

त्यस अवसरमा विद्यालयबाट २०७४ सालमा एसईई उत्तीर्ण गर्न सफल दीक्षा भट्टराईलाई दक्षिण अफ्रिकाबाट पाइलट कोर्ष उत्तीर्ण गरेकोमा सम्मान गरिएको थियो । त्यस अवसरमा बोल्दै उनले आफ्नो सफलताको पहिलो खुड्किलो पामिर एकेडेमी रहेको भन्दै विद्यालय परिवारलाई धन्यवाद दिइन् ।

कार्यक्रममा विद्यालयका प्राचार्य गोपाल गौतम, शिक्षकद्वय केशव खनाल, नविन शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा बालबालिकाहरुले आ–आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

त्यस्तै परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा तेक्वान्दो खेलाडी बालबालिकाले पनि आफ्नो प्रस्तुती देखाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?