ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

रुपन्देहीले जन्माएका राष्ट्रिय खेलाडी

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल, २५ माघ । प्रतियोगिताले नयाँ खेलाडीहरूलाई प्लेटफर्म दिन्छ । यसको उदहारण हो । गुल्मीका हरि थापा र चन्द्र कँुवर । स्थानीय धेरै प्रतियोगितामा आफनो प्रतिभा देखाएर दर्शकको मन जितेका थापा र कुँवर अवसर पाएका थिएनन । बुटवलमा विसं २०६६ सालमा आयोजना भएको २६ औ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताबाट यी दुईको भाग्य चम्कियो । उनीहरूको प्रतिभाको सहि पहिचान खेलमा भयो । नेपाल प्रहरी क्लबको अहिलेको मुख्य खेलाडीका रूपमा यी दुई खेलाडी पर्छन । गुल्मीका हरि थापा र चन्द्र कँुवर यही प्रतियोगिताबाट उदाएका हुन । राष्ट्रिय खेलाडीहरू पाउन सफल भयो ।

भलिबल खेलका क्रेज आफनो पालामा निक्कै उत्कर्षमा पुगेको पुर्व भलिबल खेलाडी तथा रूपन्देही जिल्ला भलिबल संघमा २०६४ देखि २०७३ सालसम्म अध्यक्ष रहेका विष्णु कुमार श्रेष्ठ बताउछन । दुई वटा राष्ट्रियसंगै धेरै स्थानिय, जिल्ला प्रतियोगिता सम्पन्न गरेको उनि भलिबलबाट रूपन्देहीको पहिचानलाई राष्ट्रियस्तरमा पुर्याउन सफल भएको उनी बताउँछन ।

२०६६ सालमा २६ औं राष्ट्रिय पुरुष भलिबल तथा २०७२ सालमा १९ औं राष्ट्रिय महिला भलिबल आफ्नो कार्यकालमा गरेको उनले बताए । श्रोतसाधनको अभावमा खेलाडीलाई धेरै समस्याबाट ग्रुजेर खेल खेल्ने अवस्थाबाट अहिले ब्यवसायिक बन्नेसम्म पुगेको उनि बताउछन । ‘पहिले भलिबलको धेरै राम्रो क्रेज थियो तर ब्यवस्थित थिएन ।’–उनले भने । अहिले ब्यवस्थित र राम्रो हुँदै गएको उनी बताउँछन ।

श्रेष्ठसँगै उपाध्यक्ष रहेका योग गुरुङ पनि सानैबाट भलिबल खेल्थे । तत्कालिन समयमा विद्यालयस्तरमा विरेन्द्र शिल्ड प्रतियोगिता खेलेको उनलाई सम्झना छ । बुटवलको उजिरसिह माबिबाट उनी भलिबल खेल्थे । टिम तयार गर्थे । २०४२ सालतिर भलिबल खेलेको उनि बताउँछन । ‘धेरै प्रतियोगिता खेले ।’ उनि जिल्ला अध्यक्ष हुँदै अहिले लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष हुन । खेलमा नै लामोसमय बिताएका उनी भलिबल खेल राष्ट्रिय खेल घोषणा हुँदाको साक्षी पनि हुन । ‘अहिलेसम्मको अवस्था हेर्दा भलिबलको धेरै विकास भएको छ ।’–उनले भने । विकाससंगै केही विकृति पनि रहेको उनी स्वीर्काछन ।

केही स्थानिय आयोजकहरू युवाहरूलाई सहभागिताको आधारमा श्रेणी तोकेर खेल्न नदिने जस्ता काम गर्दा यसले युवा खेलाडीहरूमा निरासा उत्पन्न भएको बताउँछन । ‘समन्वय अभाव छ ।’– उनले भने । खेलाडीको लेभललाई उमेर समुहभन्दा पनि प्रतियोगिताको आधारमा वर्गिकरण गर्नु गलत भएको उनी बताउँछन । एकपटक राष्ट्रियस्तरको प्रतियोगिता खेलेको खेलाडीलाई अन्य खेलमा खेल्न नदिने जस्ता मनपरि नियम लागु गर्ने गरेको उनी बताउँछन । केन्द्रीय भलिबल संघबाट निर्देशित नियमलाई कार्यान्वयन नगरि मनपरि खेल र खेलाडीहरू मर्कामा पर्ने गरि काम भएको उनले दुखेसो गरे । ‘बि लेभलको नाममा गरिएको प्रतियोगिता बहिष्कार गर्न जरुरी छ ।’–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?