Butwal Today

नेपाल प्रहरीमा १८ सय जनाबढीको जागिर खुल्यो

२६ माघ २०८०, शुक्रबार
अ+
अ-

बुटवल,२६ माघ । नेपाल प्रहरीमा १८ सय जना भन्दा बढीलाई रोजगारी खुलेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान र कार्यालय सहयोगीमा जागिर खुलाएको हो । आज गोरखापत्रमा प्रकाशित सूचना अनुसार जवानतर्फ १८५६ जना मागेको छ । यस्तै कार्यालय सहयोगीमा भान्छेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ ।
सूचना अनुसार भान्छे ५३, हजाम ७, कुचिकार २० र खेलाडी १४ जना रहेका छन् ।

खेलाडी पदमा एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्रै दरखास्त दिने सकिने छ ।

दरखास्त चैत ९ गतेसम्म दिने सकिने कार्यालये जनाएको छ ।

Photo :  File