ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

तिनाउ सभ्यता संरक्षणमा ध्यान जाओस्

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवललाई बिचमा पारेर बगिरहेको तिनाउ नदी रूपन्देही जिल्लाकै लागि बरदान हो । ठूला शहरको किनारमा नदी आफैमा गौरव हो । तिनाउ नदीले बुटवललाई यही गौरवबोध गराएको छ । विश्वकै ऐतिहासिक तथा पुराना शहरमा नदीको कलकल शहरी सभ्यताको परिचायक हो । अर्थात जहाँ ठूला र ऐतिहासिक शहर छन, त्यहाँ अवश्य नदी बग्छ । बुटवलको तिनाउ नदीले शहरी सभ्यताको पहिचान दिएको छ । यो बुटवलका लागि गौरव हो । नदीको संरक्षणमा चासो दिएको अवस्थामा तिनाउ नदी विगत र वर्तमान त हुँदै हो । र, भविष्यको पुस्ताका लागि पनि तिनाउ नदी गौरव गर्न लायक हुनेछ । तर, यसको संरक्षणमा लापरवाही हुने हो भने तिनाउ अभिषाप बन्न सक्छ । यसतर्फ सम्वन्धित निकायले ध्यान पु¥याउनु जरुरी छ । तिनाउकै पानीले रूपन्देहीका हजारौं विगाहा खेत सिञ्चित भैरहेको छ । तिनाउ हजारौं किसानको भविष्यसंग जोडिएको छ । तिनाउकै पानीले सिंचाई हुँदा किसानको उत्पादनमा बृद्धि भएको छ र त्यसले आर्थिक उन्नतीको पाटोलाई सुदृढ बनाएको छ । किसानलाई आत्मनिर्भर हुन तिनाउकै पानीले बल पु¥याएको छ तर आज चिन्ताको कुरा छ– तिनाउ संरक्षणमा बेवास्ता भैरहेको छ । तिनाउको तल्लो तटीय क्षेत्रदेखि माथिल्लो तटीय क्षेत्र अवैध दोहनको शिकार भैरहेको छ । तिनाउमा फोहर र प्रदुषण छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । विगतमा यही तिनाउ बुटवलका साथै रूपन्देहीकै लागि अभिषाप पनि बनेको कुरा विर्सन सकिदैन । २०३८ साल असोज १३ गते आएको बाढीले दर्जनौ बुटवलबासीलाई बगाएको थियो । कैयौं घर बाढीमा परेका थिए । तसर्थ बर्षामा यसले पु¥याउने जोखिममा ध्यान पुयाउनु जरुरी छ । अर्को अर्थमा भन्दा तिनाउ रूपन्देहीका लागि बरदान पनि हो र अभिषाप पनि । संरक्षण गर्न सके यो बरदान हो र बेवास्ता गरिए अभिषाप ।

पछिल्लोसमय तिनाउ नदी विस्तारै सुक्दै गएको छ । तिनाउको शिरको संरक्षण हुन नसक्ने हो भने तिनाउ अव सुक्दै जाने निश्चित छ । त्यसो त तिनाउ सुक्ुनुका पछि धेरै कारण होलान । जलवायु परिवर्तनको असर त छँदैछ, वन जंगलको विनास अर्को कारण हुनसक्छ । मुहान संरक्षणमा वेवास्ताका कारण पनि हुनसक्छ । तिनाउमा पहिलेजस्तो पानी बग्न छोडेको छ । यसले बुटवलका साथै समग्र रूपन्देहीलाई चिन्तित वनाउनु स्वाभाविक छ । यो असाध्य दुखद खबर नबनोस । त्यसका लागि अहिलेदेखि नै सम्वन्धित सरोकारवालाले तिनाउ संरक्षणको पहलमा कत्तै ढिलाई वा बिलम्ब गरिनु हुँदैन । तिनाउ नदी धार्मिक सभ्यतासंग पनि जोडिएको छ । तिनाउकै किनार सहस्रधारामा ऐतिहासिक मेला हुन्थ्यो । त्यो मेला अहिले लोप भैसकेको छ । इतिहासमा तिलोत्तमा नदीको बिषयमा समेत उल्लेख गरिएको छ । तिलोत्तमा नदीलाई पवित्र नदीको रूपमा ब्याख्या गरिएको छ । पछिल्लोसमय तिनाउ नदीको किनार फोहरले भरिएको छ । पछिल्लोसमय बढिरहेको अव्यवस्थित शहरीकरण नै तिनाउ प्रदूषणको मुख्य कारक हो । तिनाउ नदी किनारमा फोहर फाल्दा तिनाउ दुर्गन्धित पनि भएको छ । तिनाउ नदीको प्रदुषण नियन्त्रणमा अहिलेदेखि नै ध्यान दिनु जरुरी छ । तिनाउको धार्मिक, वातावरणीय तथा नदी सभ्यताको जगेर्नाका निम्ति तिनाउमा स्वच्छ जल प्रवाहको कल्पना गर्नु अव सायद संभव छैन तर प्रयास गरिए संभव छ । उदाहरण काठमाडौंको बागमती नदीको संरक्षणको प्रयास काफी छ । तसर्थ तिनाउ संरक्षणमा असम्भव केही छैन । अव ढिलाई नगरि तिनाउ सभ्यता संरक्षणको अभियान चलाउन जरुरी छ । तिनाउको स्वच्छ तथा सुरम्य वातावरण कायम गर्न सबैको प्रयास आवश्यक छ । अवको दिनमा तिनाउ सुक्न नदिने गरि तिनाउ मुहानको संरक्षणमात्र होइन, नदीलाई स्वच्छ राख्न र फोहोर हुनबाट जोगाउनु आवश्यक छ । अनि मात्र नदी सभ्यताको जगेर्ना हुन्छ । यसतर्फ सरकारमात्रै होइन, स्थानीय सरकार र स्वयं बुटवलबासीको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?