ट्रेंडिंग:

>> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने

क्याननमा  विज्ञान प्रदर्शनी, खाना महोत्सव र खेल सप्ताह

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल,२६ माघ । क्यानन माध्यमिक विद्यालय बुटवल ८ सुख्खानगरमा विज्ञान प्रदर्शनी , खाना महोत्सव र खेल सप्ताहका कार्यक्रम भएका छन् । विद्यालयको २७ औ वार्षिक उत्सवको पूर्वसन्ध्यामा खेल सप्ताहको उद्घाटन तथा खाना महोत्सव र विज्ञान प्रदर्शनी भएको हो । विज्ञान प्रदर्शनी कक्षा ११ र १२ का विज्ञान संकायका विद्यार्थीले आयोजना गरेका हुन् । जसमा १० स्टल रहेका थिए ।

यस्तै होटेल म्यानेजमेन्टको कक्षा ११ र १२ का विद्यार्थीले राखेको खाना महोत्सवमा ६ स्टल रहेका छन् । खेलकुद सप्ताहमा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागितामा विविध खेलकुद हुनेछन् । जस अन्तर्गत पूर्व प्राथमिक तहदेखि कक्षा १२सम्मका बिद्यार्थीबीच तहअनुसारका खेल हुनेछन् । जसमा दौड, कबड्डी, फुटबल, कुर्ची दौड, क्रिकेट खोखो, ब्याड्मिन्टन, भलिबल लगायतका खेल हुने खेल संयोजक सुमन गिरी तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी गराए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले विद्यालयले पाठ्यक्रमको ज्ञानसंगै विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएको बताए ।
संस्थाका प्राचार्य डा. शामूएल आर सम्पथले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउँदै उनीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विद्यालयका सहप्राचार्य सुर्य पाण्डेले विज्ञान प्रदर्शनी र खाना महोत्सवमा सहभागी विद्यार्थीले आफूले कक्षा कोठामा सिकेको ज्ञान व्यवहारमा उतार्न सफल भएको बताए । उनले फागुन ५ गते विद्यालयले २७ आंै वार्षिक उत्सव मनाउन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?