ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र पिआईसियु सेवा

२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

बुटवल, २५ माघ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवजात शिशु र बालबालिकाको उपचार गर्ने गरी बर्थिङ सेन्टर र बाल संघन उपचार कक्ष (पिआईसियु) सेवा शुभारम्भ गरिएको छ । ६ बेडको उक्त सेवाको लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले शुभारम्भ गरे । अस्पतालको सि ब्लक माथिल्लो तलमा उक्त सेवा शुभारम्भ गरिएको हो । खासगरी २८ दिन देखि १४ बर्ष उमेरका बालबालिकाहरुको उपचार हुने छ ।

बर्थिङ सेन्टर तथा पिआईसियु उद्घाटन कार्यक्रममा बोल्दै स्वाथ्य मन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई महत्वपूर्ण अस्पतालको रुपमा लिएको बताए । उनले अस्पतालको नयाँ भवन निर्माणका लागि टेन्टर अब अगाडि बढ्ने बताए ।

अस्पतालको नयाँ भवन निर्माण गरेपछि भौतिक पुर्वाधारको अभाव टर्ने उनले बताएका थिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा क्षेत्रीले परिवारका सदस्यहरु संगै दक्ष जनशक्तिको बिचमा बसेर बर्थिङ सेवा प्रदान गरिने जानकारी दिए । उनले सहज रुपमा अन्य भन्दा थप प्रभावकारी सेवा प्रवाह गरिने जनाए ।

पिआईसियु सेवामा २८ दिनदेखि १४ बर्ष सम्मका बालबालिकाको उपचार गरिने गरी सेवा शुभारम्भ हुँदा बाल मृत्युदर र मातृमृत्युदरलाई घटाउनको लागि महत्वपूर्ण भुमिका खेल्ने जानकारी मेडिकल सुपरिटेन्डेन्ट थापा क्षेत्रीले दिए ।

अस्पतालका प्रसुती विभाग प्रमुख डा. भक्त बत्सल राउतले पहिला बर्थिङ सेन्टर स्थापनाका लागि ठोस चासो नदिएको र अहिले गुणस्तरीय सेवा प्रदान गर्नेगरी बर्थिङ सेन्टरको शुभारम्भ गरिएको जानकारी थिए । उनले मातृमृत्युदर र बालमृत्युदरलाई घटाउनको लागि यो महत्वपूर्ण हुने जानकारी दिए ।

बर्थिंङ सेन्टरमा ५ वटा बेड राखिएको छ । जुन नेपालभरका अस्पतालमा तेस्रो अस्पताल हो । अस्पतालका बालरोग विभाग प्रमुख डा. किरणमान पौडेलल अहिले ६ बेडबाट पिआईसियु शुभारम्भ गरिएको जानकारी दिदै आगामी दिनमा थप बिस्तार गरिने बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद कुमार गिरीले लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ सेवा शुभारभ्भ गर्नु आफैमा महत्वपूर्ण काम भएको बताए ।

स्वास्थ्य निर्देशनालयले बर्थिङ सेन्टरलाई क्लासिकल बर्थिङ सेन्टरको रुपमा चलाउन नहुने बताए । निर्देशनालयले रकम दिएर अस्पतालमा बर्थिङ सेन्टर शुभारम्म गरिएको बताएका थिए । उनले डाक्ट कै सहभागितामा नै सेन्टर गराउनु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?