ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘गोर्खा वारियर’ टिम बुटवलमा

ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ पर्दामा ल्याउन निर्देशक मिलन चाम्सले साढे ३ वर्ष लगाए । यसमा बाजेको पालाको समाज, परिवेशलाई पर्दामा देखाउन धेरै मेहनत भएको छ ।
२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

बुटवल, २५ माघ । दर्शकलाई सुरपरहिट फिल्म चखाउन माहिर निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको ‘गोर्खा वारियर’ फिल्म लिएर आएका छन । देश दौडाहमा लागेका उनि विहिबार बुटवलमा पत्रकारसंग भेटघाट गर्दै ‘गोर्खा वारियर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए । करीब साढे ३ वर्ष लामो सुटिङ समय लागेको फिल्म फागुन ११ गतेबाट दर्शकसमक्ष ल्याउन लागेको उनले बताए । उनको फिल्ममा मुख्य नायकमा नयाँ अनुहार रितेश चाम्सले डेब्यु गरेका छन् । बेलायत निवासी उनी पेशाले ‘पाइलट’ हुन् ।
फिल्ममा नायकको चरित्रसंग मेल खाने हुदा रितेशलाई लिएको उनको तर्क छ । ‘रितेश चाम्सले आफनो भुमिकामा न्याय गरेका छन ।‘– उनले भने । वार जनरा फिल्ममा एउटा सैनिकको भूमिका एउटा ‘मुभमेन्ट’ ले थाहा हुन्छ । बन्दुक बोक्ने शैलीले नै ऊ सैनिक हो या हैन भन्ने बुझिन्छ । त्यसका लागि ‘ट्रेनिङ’ प्राप्त हुनुपर्छ ।’ सैनिकको भूमिकाका लागि उनले गरेका तालिम फलदायी भएको उनले दाबी गरे । उनलाई ब्लक बस्टर निर्देशकका रुपमा लिईन्छ । पर्दामा बिक्ने राजेश हमाल, दयाहाङ राई, प्रदीप खड्का, पल शाह, प्रियंका कार्की जस्ता कलाकारलाई उनले निर्देशन गरिसकेका छन् ।

कार्यक्रममा नायक चाम्सले देशको कथा बोल्ने फिल्ममा आफु खेल्न पाउदा निक्कै गर्विलो महसुस भएको बताउछन । २ सय ९ वर्षअघिको नेपालको परिवेश र विश्व युद्धलाई ३ पुस्ता अघिका बाजे पालामा भएको घटनाक्रमलाई पर्दामा देखाउनु सामान्य नभएको भन्दै उनले धेरै मेहनत पछि फिल्म तयार भएको बताए । सिन्धुलीमा सुटिङको क्रममा सेनाबाट धेरै जानकारी पाउन सफल भएको उनले बताए । नेपाललाई स्वतन्त्र देशको रुपमा पहिचान बनाउन त्यसबेलाको गोर्खा बहादुरी र पुर्खाको योगदान रहेको उनले बताए । ‘विदेश जानेहरुको कथा पनि हो ।’–उनले भने ।

फिल्मका नायिका रेविका गुरुङले यो फिल्म गोर्खा सैनिकको बहादुरीलाई देखाउने गरि तयार भएको फिल्म भएको बताईन । केवल फिल्ममा लडाई, गोर्खा सैनिकको बहादुरीमात्र नभई उनिहरुको परिवारको कथा, त्यो बेलाको सोलुखुम्बु, त्यो बेलाको जिवनशैली, ईतिहासलाई फिल्ममा देखाउन खोजिएको बताईन । फिल्म सफल बनाउन सबैको हात सहयोग जरुरी रहेको उनले बताईन ।

हाल प्रमोशनका लागि देश दौडाहामा रहेको फिल्ममा रितेशका साथै विजय लामा, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई आदिको पनि अभिनय रहेको छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा फिल्म आधारित छ । गत हप्ता सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मको चर्चा चुलिँदो छ । मोफसल दौडाहामा फिल्म ‘गोर्खा वारियर’ चितवन, हेटौडा, पोखरा, बुटवल लगायतका शहरका दर्शक भेट्ने र काठमाण्डौ फर्किने योजना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?