Butwal Today

क्यानाडामाथि नेपालको ७ रनको रोमाञ्चक जित

२५ माघ २०८०, बिहीबार
अ+
अ-

बुटवल,२५ माघ । क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ ।

बिहीबार काठमाडौंमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बल अगावै २ सय १७ रनमा समेटियो ।

कप्तान रोहित पौडेलले ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको हो ।