ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

दृष्टिविहीनलाई नयाँ प्रविधिः छ अंकबाटै फरर टाईपीङ्ग

दृष्टिविहीन भएका विद्यार्थीहरूले प्रयोग गर्दै आएको ब्रेल पेपरमा अक्षर खोप्दा प्रयोग हुने अक्षरहरू नै १ देखि ६ सम्मलाई मिलाएर सोही अनुसार सेटिङ्ग गरिएको किवोड ब्रेलकी वोर्ड हो । जुन नम्बरलाई मिलाएर दृष्टिविहीन भएका व्यक्तिहरूले ब्रेल पेपरमा स्लेट र स्टालस रोपेर अक्षर लेखे जस्तै मोबाईलमा पनि अक्षर निर्माण गरी एक अर्कोमा सन्देश प्रवाह गर्न सक्छन् ।
२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

बुटवल, २४ माघ । बुटवल उपमहानगरपालिका नयाँगाउँमा बस्दै आएका पुरन कुमाल न्यून दृष्टिविहीन व्यक्ति हुन । कक्षा ७ सम्म सियारीमा रहेको विरेन्द्र माविमा अध्ययन गरेका हुन । ७ देखि १२ सम्म तिलोत्तमा मणिग्राममा रहेको शान्ती नमुना मावि पढे । अहिले यत्तीकै खाली अवस्थामा रहेका उनी शेयर कारोबार गर्दै आएका छन् । उनी न्यून दृष्टिविहीन भएपनि बिस्तारै भिजनहराउँदै गएको छ । जसले गर्दा उनी पूर्णरूपमा ब्रेलको प्रयोग गरेर अध्ययन गर्दै आएका छन् । पछिल्लो समयमा विकास भएको ब्रेल किवोर्डको माध्यमबाट उनले ६ वटा मात्रै अंकबाट मोबाईलमा अक्षर टाईपीङ्ग गर्ने, इमेल, गर्ने, सामाजिक सञ्जालमा सन्देश पठाउने, स्टाटस राख्ने लगायतका विषयमा पोख्त भएका हुन ।

नेपाल दृष्टिविहीन उत्थान संघको आयोजनामा भएको ३ दिने ब्रेल किबोर्ड टाईपीङ्ग तालिम लिएपछि उनी झनै पोख्त भएका हुन् । यो भन्दा पहिला आवाज सुनेर मोबाईलमा नर्मल किवोर्ड मार्फत टाईप गर्दै आएका उनले अब सबै अक्षर चिनीरहन आवश्यक छैन् । उनि भन्छन्–‘अव ६ वटा मात्रै अक्षर को ज्ञान भए हुन्छ, सोही अनुसार नै टाईपीङ्ग गर्न सकिन्छ ।’

साधारण तय दृष्टिविहन भएका विद्यार्थीहरूले प्रयोग गर्दै आएको ब्रेल पेपरमा अक्षर खोप्दा प्रयोग हुने अक्षरहरू नै १ देखि ६ सम्मलाई मिलाएर सोही अनुसार सेटिङ्ग गरिएको किवोड ब्रेलकी वोर्ड हो । जसमा १, २, ३, र ४, ५, ६ नम्बर दुई लहरमा राखीएका हुन्छन् । जुन नम्बरलाई मिलाएर दृष्टिविहीन भएका व्यक्तिहरूले ब्रेल पेपरमा स्लेट र स्टालस रोपेर अक्षर लेखे जस्तै मोबाईलमा पनि सोही नम्बर राखेर अक्षर निर्माण गरी शब्द गठन गरेर एक अर्कोमा सन्देश प्रवाह गर्न सक्ने छन् ।

जसको लागि सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आर्थिक सहयोगमा नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैनाले दृष्टिविहिनहरूलाई तालिम समेत प्रदान गरेको छ । जुन तालिम यो क्षेत्रमा पहिलो तालिम हो । कपिलवस्तुको ओदारीमा रहेको ओदारी माविका प्रावि शिक्षक अविना पन्थी ले अब ब्रेल किवोर्ड मार्फत पहिला नै सिकेको कुरालाई सहज रूपमा ब्रेल टाईपीङ्ग जस्तै यो किबोर्डको प्रयोग गरी काम गर्न सकिने बताउँछन् । पूर्णरूपमा दृष्टिविहिन रहेकी शिक्षक अविना पन्थीले विद्यार्थीहरूलाई मोबाईल मार्फत सन्देश दिनुपर्नेमा, अन्य कुरा लेखेर देखाउनुपर्ने, श्रवण समस्या भएका व्याक्तिहरूको लागि पनि यो किवोर्डको प्रयोग सबैभन्दा उत्तम भएको बताईन । उनले भनिन्–‘पहिला ब्रेलमा खोप्दा जस्तै गरी सोही अंकको आधारमा किवोर्डबाट मोबाईलमा टाईप गर्न सकिन्छ, यो हाम्रो लागि पनि अझ बढि विद्यार्थीहरूको लागि सिकाउन सहज हुने भएको छ ।’ ब्रेलमा १ र ३ अंक थिचेमा ‘क’ ४ र ६ थिचेमा ‘ख’, १, २, ४ थिचेमा ‘ग’ अक्षर र १, २, ६ अंक थिचेमा ‘घ’ अक्षर बन्दै आएको हुन्छ । सोही अंकलाई मिलाएर ब्रेल एड्भान्स किवोर्ड मार्फत दृष्टिविहिन भएका व्यक्तिहरूले मोवाईलमा टाईपीङ्ग गर्दै आएका हुन ।

ब्रेलमा नै खोपे अनुसार अंग्रेजी अक्षरको लागि पनि सोही अनुसारको किवोर्ड प्रयोग गर्न सकिने कान्ती मावि बुटवलका प्रावि शिक्षक रजिता रेग्मी बताउँछिन् । उनले १ ले ‘ ए’, १,२ले ‘बि’, १, ४ ले ‘सी’ , १,४, ५ ले डि र १, ५ ले ‘ई’ अक्षर आउने गरी ब्रेलमा भएझै यो एड्भान्स किवोर्डमा पनि आउने बताईन् । जसले गर्दा छिटो भन्दा छिटो टाईपीङ्ग गर्न, विद्यार्थीहरूको लागि लेखेर देखाउन, प्रोजेक्टरको माध्यमबाट पावर पोईन्ट बनाउनको लागि पनि यो सहयोगी हुने बताईन । उनले भनिन्–‘२१ औ शताब्दीको दुनियामा यो हाम्रो लागि सबैभन्दा ठुलो उपलब्धी हो, सुनेर नर्मल किवोर्ड टाईप गर्नुभन्दा यो विशेष प्रकृतिको ब्रेल किवोर्डले पहिला नै सिकेको कुरालाई डिजीटलाईजेसन गर्दै आएको छ ।’

यसले सरकारी क्षेत्रले ब्रेलपेपर, स्टालस, स्लेट खरिदको लागि हँुदै आएको खर्चमा उक्त सफ्टवेयर जडान गरी तालिम दिन सकेमा पेपरलेस तरिकाले अध्ययन गराउन सकिने शिक्षक रेग्मीको भनाइ छ । लामो समयदेखि ब्रेल की वर्डको विषयमा प्रशिक्षण दिँदै आएका विसीए (स्नातक कम्प्युटर) का विद्यार्थी समेत रहेका प्रशिक्षक अनमोल गैरेले ब्रेल कि वर्ड टाईपीङ्गबाट दृष्टिविहिन भएका व्यक्तिहरू, अझ बढि विद्यार्थीहरूको लागि राम्रो हुने बताउँछन् । उनले प्रतिष्पर्धात्मक युगमा कम्प्युटर नसीकेमा जो कोही पनि पछाडी पर्ने भन्दै यसको लागि अझ बढि दृष्टिविहीन विद्यार्थीहरूले त यो अनिवार्य जस्तै भएको बताए । जसको माध्यमबाट सामाजिक सञ्जाल मात्रै नभएर पूर्ण रूपमा मोवाईलका सबै डिभाईस, मोबाईल एप, वेभ ब्राउजर लगायतका कुरा सज रूपमा चलाउन सकिने उनको भनाइ छ । उनी पनि न्यून दृष्टिविहीन विद्यार्थी हुन ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले खासगरी अपाङ्गता भएका व्यक्तिहरूको लागि मागमा आधारित तालिम, स्वरोजागरमुलक तालिम प्रदान गर्नुपर्ने बताउँछन् । उनले मोवाईल, कम्प्युटर लगायतका उपकरण चलाउने तालिम प्रदान गरी उनीहरूलाई पोख्त बनाएर रोजगार समेत गराउन सकिने तर्फ महासंघले पैरवी गर्दै आएको बताए । उनले प्रदेश सरकारको सहकार्यमा यी र यस्ता प्रकृतिका तालिम प्रदानको लागि सहजीकरण गर्दै आएको जानकारी दिँदै सबै ३ वटै तह मिलेर अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न अवरोधहरू हटाएर अन्य सरह सक्षम बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?