ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

विश्व सुरक्षित इन्टरनेट दिवस

२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

आज विश्व सुरक्षित इन्टरनेट दिवस । विश्व सुरक्षित इन्टरनेट दिवस मनाउँदै गर्दा इन्टरनेटकै कारण हजारौं नागरिकले असुरक्षित जीवन विताउनु परिरहेको छ । इन्टरनेटलाई सदुपयोग गर्न नसक्दा नेपालकै कुरा गर्ने हो भने पनि कैयौंको घरबार बिग्रिएको अवस्था छ । पारिवारिक सम्वन्धमात्र होइन, अपराध, हिंसा, बिचलन र मानसिक चिन्ता बढाउने काम इन्टरेनटकै माध्यमबाट भैरहेको छ । इन्टरेनटलाई सदुपयोग भन्दा पनि दुरूपयोग गर्दाको परिणाम आज नेपालले मात्रै होइन विश्वले भोगिरहेको अवस्था छ । तसर्थ इन्टरनेट मानव जीवनका लागि श्वास प्रश्वास जत्तिकै आवश्यक छ तर यसलाई सदुपयोग गरेको अवस्थामा यसले दिने लाभ अमूल्य छ । तसर्थ इन्टरनेटलाई सुरक्षित साथ प्रयोग गरौं भन्ने सन्दर्भमा यो दिवसको उठान भएको हो । आज विश्वमै २१ ऋौं सुरक्षित इन्टरनेट दिवसका मनाईदैछ । यस वर्षको नारा इन्टरनेटमार्फत प्रेरणादायी परिवर्तनको पैरवी गर्ने रहेको छ । निश्चितरूपमा इन्टरनेट दिवसको नाराजस्तै अहिले बालबालिका तथा युवा वर्ग बढी जोखिममा छन । उनीहरूलाई इन्टरनेटबाट शिक्षा दिनुका साथै समाज परिवर्तनमा प्रेरणा बढाउनु जरुरी छ । डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । इन्टरनेटको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति अघि बढाउन सहयोग गर्दछ । यस्ता जोखिमले बालबालिकाको मानसिक एवं बौद्धिक विकास प्रभावित हुनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने र आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । तसर्थ इन्टरनेटको सुरक्षित प्रयोगतर्फ बालबालिका, युवा वर्ग, अभिभावकहरू सवै सचेत र जिम्मेवार बन्नु जरुरी छ । तसर्थ अहिले इन्टरनेटलाई सुरक्षित बनाउनेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ । यतिखेर विश्वभर जस्तै नेपालमा पनि सामाजिक सञ्जालको जगजगी छ ।

फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ । इन्टरनेटमा उपलब्ध यस्ता माध्यम विशेषगरी नयाँ पुस्तामा यतिसम्म जरो गाड्न सफल भएको छ कि यसलाई न उनीहरू छाड्न सक्छन् न त तोड्न नै । सोझो अर्थमाभन्दा सामाजिक सञ्जाल उनीहरूका लागि लत बनिसकेको छ । यसको श्रोत भनेको इन्टरनेट नै हो । तसर्थ इन्टरनेटलाई सुरक्षित प्रयोग गर्नेदेखि दुरूपयोग हुन नदिनेतर्फ सतर्कता आवश्यक छ । नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा पछिल्लो समय इन्टरेनटकै माध्यमबाट सामाजिक सञ्जालको व्यापक दुरूपयोग भएको छ । कसैको चरित्र हत्या गर्न, कसैलाई दानवीकरण गर्न तथा मिथ्या सूचना फैलाउन यस्तो मञ्च प्रयोग गर्नेको संख्या बढेको छ । कतिपयको घरबार उजाडिएको छ भने सयौँको सार्वजनिक जीवन समाप्त भएको छ ।

नचिनेका जथाभावी मानिसलाई साथी बनाउनु, सोसल मिडियामा देखिएका सबै लिंकलाई क्लिक गर्नु, राहदानी, नागरिकता जस्ता महत्वपूर्ण दस्ताबेज सार्वजनिक गर्नु, आफ्नो खाता अरूलाई चलाउन दिनु, सोसल मिडियाका साथीहरूप्रति बढी नै भर पर्नु र विश्वास गर्नु जस्ता पक्ष यसका दुरूपयोगकर्ताका लागि भविष्यमा अभिषाप बनिरहेको छ । तसर्थ इन्टरनेटलाई शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्नेतर्फ पैरवी गर्नु जरुरी छ । सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षामा खलल पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने काम भैरहेको हुँदा इन्टरनेटलाई सुरक्षित बनाउनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?