ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

२१ माघ २०८०, आइतबार
२१ माघ २०८०, आइतबार

बुटवल,२१ माघ । क्रान्तिकारी युवा संगठन नेपालले भष्ट्राचारी बिरुद्ध जनकारबाहीमा उत्रिने चेतावनी दिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले भ्रष्टाचार बिरूद्व संघर्षमा उत्रिने चेतावनी दिदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो । भ्रष्टाचार,जनजिविका र जनअधिकारको बारेमा सरकारको ध्यानाकर्षण गराउन राजधानी काठमाडौं स्थित सिंहदरबार,संसद भवन,बालुवाटार लगायतका ठाउँमा अर्धनग्न प्रदर्शन गरेको सो संगठनले उक्त अभियानलाई प्रदेश,जिल्ला हुँदै पालिकामा बिस्तार गर्दै लैजान लागेको हो ।

संगठनले देशमा बिभिन्न स्थानमा भष्ट्राचारका बिरुद्ध आन्दोलन गर्दै भष्ट्राचारमा संलग्नको आरोपमा कालोमोसो दल्दै आएको छ । क्रान्तिकारी युवा संगठन नेपाल लुम्बिनी प्रदेश समितिले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरी आफ्ना ३९ बुँदे माग समेत सार्वजनिक गरेको छ ।
संगठनले देशका तमाम समस्या समाधानका लागि यसअघि प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापनपत्र बुझाएको जनाएको छ । ती मागहरू सम्बोधन हुने नदेखिएकाले लुम्बिनी प्रदेश भित्रका जनजिविका,जनतन्त्र,जनाधिकारका बिषयलाई केन्द्रमा राखेर ३९ बुँदे माग सार्वजनिक गरेको क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश इन्चार्ज झलक बिश्वकर्माले जानकारी दिए ।

संगठनका केन्द्रीय कार्यालय सदस्य समेत रहेका उनले देश यतिबेला राजनीतिक,आर्थिक,सामाजिक सांस्कृतिक समस्याहरूको चंगुलमा फसेको,देश निर्माण गर्ने युवा शक्ति विदेश पलायन हुने संख्या डरलाग्दो गरि बढेको,भ्रष्टाचार,कमिसन,ठगी लगायत अपराधका घटना बढ्दै गएको र जिम्मेवार निकाय समस्या समाधान गर्ने तर्फ गम्भीर नदेखिएकाले संघर्षमा उत्रिनु परेको बताए ।
तमाम समस्याका कारण नेपाली समाज विघटनको दिसातिर अगाडि बढेको भन्दै उनले मुलुकमा ब्याप्त बिकृति र बिसंगतिको अन्त्यका लागि संघर्षमा उत्रिनुको बिकल्प नभएको बताए ।

संगठनका प्रदेश इन्चार्ज झलक बिश्वकर्मा र प्रदेश संयोजक संगीन भिउ थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा विकास निर्माण कार्यमा भएको ढिलासुस्ती,कमिसन तत्काल अन्त गर्नुपर्ने,स्वास्थ र शिक्षा क्षेत्रमा भइरहेको नीजिकरण तथा माफियाकरण अन्त्य गर्नुपर्ने,कृषि तथा औद्योगिक ब्यापारको ब्यवस्था मिलाई युवाहरूलाई रोजगारीको ब्यवस्था गर्नुपर्ने,बैंक तथा वित्तीय आतंक बन्द गर्नुपर्ने ,उपभोक्ता समितिमा पार्टी कार्यकर्ता भर्ती गरि गरिने आर्थिक अनियमितता बन्द गर्नुपर्ने, अबैधानिक क्रेसर उद्योग बन्द गर्नुपर्ने,पहाडी वस्ति तथा नदि क्षेत्रमा भएको डोजर आतंक बन्द गर्नुपर्ने लगायतका माग समेटिएको छ ।
संगठनले यसअघि बागलुङ बडीगाड गाउंपालिका स्वास्थ शाखा प्रमुख बिपेन्द्र प्रताप केसी र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रल्हाद कार्की लगायत लाई जनकारबाही स्वरूप कालोमोसो दलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?