ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

विश्व हिन्दू महासंघ लुम्बिनीले गर्यो जिल्ला कार्यसमिति निर्माणको तयारी

२१ माघ २०८०, आइतबार
२१ माघ २०८०, आइतबार

बुटवल ।

विश्व हिन्दू महासंघ राष्ट्रिय समिति बाँसबारी अन्तर्गत लुम्बिनी कार्यसमिति रुपन्देहीको बैठक बुटवल–१२ नयाँ गाउँ मुक्तिनाथ धाम परिसरमा सम्पन्न भएको छ ।

बैठकले साविकका लुम्बिनी अञ्चल अन्तर्गत पर्ने ६ वटा जिल्लाले आगामी फागुन मसान्तभित्र कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । जिल्लाको सभापति अञ्चल कार्यसमितिको सहमतिमा केन्द्रले नै तोकिसकेकाले बाँकी पदका लागि कार्यसमिति चयन गर्ने निर्णय बैठकले गरेको सभापति देवराज घिमिरेले जानकारी दिए ।

सभापति बाहेकका कार्यसमिति निर्वाचन प्रक्रिया वा सहमतिका आधारमा निर्माण गरी आगामी चैत १० गतेभित्र विश्व हिन्दु महासंघ लुम्बिनीमा पेश गर्ने सर्वसम्मत निर्णय बैठकले गरेको घिमिरेले जानकारी दिए । ६ जिल्ला मध्येमा रुपन्देही सभापति गोविन्दरा पाण्डेय, गुल्मी सभापति प्रकाश पाण्डेय, पाल्पा सभापति देवराज ढकाल, अर्घाखाँची सभापति मणिराम पौडेल, कपिलवस्तु सभापति योगी पुरी सन्यासी, नवलपरासी सभापति हुमा काफ्ले रहेका छन् ।

त्यस्तै बैठकले विभिन्न स्रोतमार्फत आर्थिक संकलन गर्ने निर्णय गरेको छ । कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक रकम केन्द्रीय समितिसँग माग गर्ने, आजीवन सदस्य, साधारण सदस्यबापतको रकम विधान अनुसार संकलन गर्ने साथै स्थानीय सरकार तथा संघसंस्थाबाट आर्थिक सहयोग जुटाउने निर्णय बैठकले गरेको छ ।

बैठकले साविकको लुम्बिनी अञ्चल अधिवेशन सम्पन्न गर्न प्रत्येक जिल्लाबाट १५ जनाको दरले प्रतिनिधित्व हुने गरी आ–ाफ्नो जिल्लाले प्रतिनिधिको रुपमा सिफारिश गर्ने र अञ्चल कार्यसमितिमा आगामी चैत २० गतेभित्र सिफारिश पेश गर्ने निर्णय गरेको छ ।

बैठकले विश्वहिन्दू महासंघको राष्ट्रिय सम्मेलनको समयमा रामचन्द्र अधिकारीबाट भएको समर्थन र गतवर्ष केन्द्रमा समेत कार्यकारी सभापति दिएपछि पनि विश्व हिन्दू महासंघ एकै ठाउँ हुन नसकेको त्यसकको कारण जिल्ला कार्यसमितिमा उपलव्ध गराउन राष्ट्रिय समितिमा माग गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?