ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु संग्रहालयमा बढ्न थाले आन्तरिक पर्यटक

२१ माघ २०८०, आइतबार
२१ माघ २०८०, आइतबार

चन्द्रौटा (कपिलवस्तु), २१ माघ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१, उमरीमा रहेको थारु संग्रहालय सञ्चालनपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । मूल आदिवासी थारु परम्परागत हस्तकला सामग्री, संस्कृति, भेषभुषा, सभ्यता, रहनसहन लगायतलाई प्रवद्र्धन गर्दै इतिहास झल्किने खालका आकर्षक मूर्तिकला (तस्बिरहरू) निर्माण गरी सञ्चालनमा ल्याइएको थारु संग्रहालय संरक्षण समितिले जनाएको छ ।

केन्दीय विशेष अनुदानको २ करोड २५ लाख, तराई मद्येश समृद्धि कोषको २५ लाख, शिवराज नगरपालिकाको १६ लाख र स्थानीय थारु समुदायको १५ लाख गरी २ करोड ८१ लाखको लागतमा निर्माण गरिएको संग्रहालय यहि माघ १ गते लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उद्धाटन गरि विद्यिवतरूपमा सञ्चालनमा आएको संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले बताए ।

संग्रहालय अवलोकन गर्ने जो कसैले महिला तथा पुरुषको थारु पोशाक लगाएर फोटो खिचाउन सक्ने व्यवस्था मिलाइएको उनले जनाए । अध्यक्ष थारुका अनुसार संग्रहालयमा माछा मार्दै गरेको महिला, थारु पहिरनमा सजिएका महिला तथा पुरुषका प्रतिमा निर्माण गरिएको छ ।
संग्रहालय अवलोकनका लागि न्यून दस्तुर राखिएको संरक्षण समितिका उपाध्यक्ष हरि प्रसाद चौधरी बताए । उनका अनुसार थारु समुदायले परम्परागत प्रयोग गर्दै आएका सामग्री डोकवा, झउवा, खटिया, मचिया, चकिया, ढेंकी, माटाका गाग्री, चुल्हा, लेहंगा, करवा, डरुवा, डोली, परगेहनी, पिर्का, मंगिया, कारा, बिंडिया लगायत संकलन भएका सामग्री संग्रहालयमा सजाइएर राखिएको छ । भने पहिचान झल्किने केहि हस्ताकला सामग्री स्थानीय गाउँबाट संकलन गर्ने कार्य जारी छ ।

संग्रहालय सञ्चालनपछि स्थानीय तथा आन्तरिक पर्यटनको विकास भएको स्थानीय रमेश थारुले बताए । संग्रहालय निर्माणले पर्यटनको विस्तार भइ स्थानीयलाई व्यावसायिक रूपमा फाइदा हुनुका साथै रोजगारीमा समेत सिर्जना हुने थारु अगुवा तथा उमरी गाउँका बरघर भरोसे थारुको भनाई छ ।

लुम्बिनी प्रदेश सभा सदस्य केसीले स्थानीयस्तरमा निर्माण भएको संग्रहालयले युवापुस्तालाई रोजगारी र आम्दानीसँग जोडेको बताए । स्थानीय र भारतीय पर्यटकलाई लक्षितगरी आदिवासी थारु समुदायलाई समेटिएको बताउँदै प्रत्यक्ष स्थानीय समुदायलाई टेवा पुगेको दावी समेत उनले गरे । संग्रहालयमा थारु सभ्यता जोगाउन परम्परागत सामग्री, भेषभुषा, गहना तथा थारु जातजातीको पहिचानसहितको प्रतिमा निर्माण भएको शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी थारुले भनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?