ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

भ्रष्टाचार प्रतिवेदनः थोरै खुसी बढी चिन्ता

२१ माघ २०८०, आइतबार
२१ माघ २०८०, आइतबार

भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सीपीआईमा सन् २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८ औं स्थानमा परेको छ । यो समाचारले केही हदसम्म खुसी दिएको छ । तर, यसैमा मख्ख परेर सन्तोषमान्ने अवस्था भने छैन । अघिल्लो वर्ष नेपाल ३४ अंकसहित ११० औँ स्थानमा थियो । गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भएतापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ । यो चिन्ताको कुरा हो । विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदन अनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया १५१ अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । भ्रष्टाचारको सूचकांकमा नेपालले दुई अंक सुधार गर्नु सामान्य कुरा हो । किनभने प्रतिशतमा तलमाथि हुनसक्छ तर भ्रष्टाचार हुने मुलुकको श्रेणीमा नेपाल अझैपनि उच्च श्रेणीमै दरिएको छ । ट्रान्सपरेन्सी इण्टरनेशनलले प्रत्येक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनले यो सूची तयार गर्ने गरेको छ । पछिल्लोपटक भने भ्रष्टाचारविरुद्ध केही आशातीत सुधारसहितको अख्तियारको अग्रसरता देखिएको छ र यसलाई केही हदसम्म सुधारको संकेतका रूपमा लिनुपर्दछ । नेपालमा विगतमा भन्दा भ्रष्टाचार नियन्त्रणका नारा जोड जोडले उरालिएको छ । आर्थिक सामाजिक विकासको प्रमुख बाधकका रूपमा रहेको भ्रष्टाचार नेपालमा कम नभएको समाचारले सवैलाई चिन्तित वनाउनु स्वाभाविक हो । यही सन्दर्भमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने न्यूनिकरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकता दिनु जरूरी छ । र, अहिले त्यही भैरहेको छ । पछिल्लो तथ्याँकले भ्रष्टाचार नियन्त्रणमा केही आशाका संकेत देखिएका छन । यद्यपि त्यसबाट सन्तुष्ट हुने अवस्था भने छैन । भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी गराउन नसकिएको गुनासो आईरहेको सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता संस्थाहरू प्रभावकारी माध्यम वन्न सक्छ । तर आयोग समेत राजनीतिवाट टाढा हुन नसकेको गुनासो बढ्दै गएको छ । पूर्णतः स्वायत्त र स्वतन्त्र रूपमा उच्चस्तरीय कार्यसम्पादन गर्ने निकायका रूपमा गठित आयोग जस्तो संवैधानिक निकायमा राजनीतिक स्वार्थ देखाउने प्रवृत्ति पूर्णतः गैर जिम्मेवारीपन र कु–संस्कारको थालनी हो । यसवाट मुलुकले स्वच्छ प्रशासन र मितव्ययीता पाउन सक्दैन ।

आयोगले जनताले अपेक्षा गरे अनुरूप कार्य सम्पादन गर्न सकेको छैन । उसले आफ्नो साख वृद्धि गर्न सकेको छैन । अनियमितता एवं भ्रष्टाचार नियन्त्रण हुनुको साटो मौलाउनुमा राज्यको वेवास्ता र राजनीतिक दलहरूको भ्रष्टाचार कार्यप्रतिको मौनता हो । वर्तमानमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण रहेको छ । निश्चितरूपमा अवका दिनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग गंभीरताका साथ भ्रष्टारचार नियन्त्रणमा गंभीर वन्ने हो भने केही सुधारका संकेत देखिने विश्वास गर्न सकिन्छ । अहिले भ्रष्टाचार नियन्त्रणका सवालमा पनि दलगत, समूहगत, व्यक्तिगत स्वार्थले प्रश्रय पाइरहेको छ । आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने हरेक क्षेत्रमा पारदर्शीता एवं स्वच्छ प्रशासन आवश्यक छ । त्यसका लागि फेरि पनि नेपालमा दीगो र स्थीर सरकार आवश्यक छ । जेहोस पछिल्लो सार्वजनिक भएको प्रतिवेदनले निरासाका वीच आशाका किरण देखिएको छ । तर, यत्तिमै खुसी मान्नु भने हुँदैन । नेपालले अझै गर्नु धेरै छ । नेपालमा अझै सुशासनको अवस्था सन्तोषजनक भैसकेको छैन । तसर्थ पछिल्लो रिपोर्टलाई आधार मान्दै भ्रष्टाचार नियन्त्रणमा सवैको सामूहिक प्रतिवद्धताको जरुरी छ । सरकारमात्रै होइन, अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग, प्रहरी प्रशासन, नागरिक समाज लगायत आम नेपाली जनताको साझा प्रयासले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने भएकोले त्यसतर्फको पहल आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?