Butwal Today

नेल्टा लुम्बिनीमा गोपाल

२१ माघ २०८०, आइतबार
अ+
अ-

बुटवल, २१ माघ ।

नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेल्टाका केन्द्रीय अध्यक्ष प्राध्यापक मोतिकला सुब्बा देवानले उद्घाटन गरेको अधिवेशनले पाल्पाका गोपाल प्रसाद वश्यालको अध्यक्षतामा १९ जनाको कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको निर्बाचन समिति संयोजक अधिवक्ता ईश्वरराज न्यौपानेले बताए ।

निर्बाचित कार्यसमितिलाई बधाई दिंदै नेल्टा अध्यक्ष देवानले देशभरमा अंग्रेजी शिक्षण र शिक्षकहरूको पेशागत विकासमा नेल्टाले खेलेको भूमिकाको चर्चा गर्दै विदेशीहरूकाविचमा समेत नेल्टाले प्रतिष्ठा कमाउन सकेको बताए । उनले लुम्बिनी प्रदेश समितिले गरेका असल कार्यको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना दिए । उनले नेल्टाको आसन्न फागुन ५ देखि ७ सम्म काठमाडौमा हुने २८ औं अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका करीव एक हजार शिक्षकको भेला भएकोले अधिकतम सहभागिताका लागि आव्हान गरे ।

नेल्टा प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष वश्यालले अग्रजहरूको निर्देशन, सुझाव र सदस्यहरूको अपेक्षा अनुसार कार्य गर्ने बताउँदै महिला शिक्षकहरूको सशक्तिकरण, तालिम निर्देशिका र प्रशिक्षण, कार्यपत्र तथा अनुसन्धनात्मक लेखन, डिजिटल शिक्षण लगायतका क्षेत्रमा प्राथमिकताका साथ कार्य गर्ने बताए ।

निबर्तमान अध्यक्ष लोकनाथ उपाध्यायले नेल्टाले शिक्षकहरूको कार्यक्षमता र नतिजा सुधारमा महत्वपूर्ण कार्य गर्न सक्ने जनशक्ति परिचालन गरिरहेको बताउँदै नवनिर्बाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा नेल्टाका गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै महासचिव कृष्ण प्रसाद भट्टराईले नेल्टा लुम्बिनीले वेविनार, तालिम, पाठ्यक्रम अभिमुखीकरण, गोष्ठी सम्मेलन र विद्यार्थीका विचमा निबन्ध लेखन प्रतियोगिता लगायतका कार्य गरेको बताए ।
अधिवेशनबाट निर्बाचित अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा बाँकेका होमराज खड्का, उपाध्यक्षमा कपिलवस्तुका कृष्ण प्रसाद भट्टराई, महासचिवमा रुपन्देहीका भिमलाल भण्डारी, सचिवमा अर्घाखाँचीका कृष्ण खनाल, सदस्य सचिवमा गुल्मीका कृष्ण प्रसाद मरासिनी, कोषाध्यक्षमा दाङका पुष्कर नाथ अधिकारी र सदस्यहरूमा दिनेश पन्थी (रुपन्देही), प्रेमराज पोख्रेल (रुपन्देही), विन्दु सुवेदी (बाँके), बासुदेव उपाध्याय (वर्दिया), उमेश चौधरी (बर्दिया), गंगा गौतम (दाङ), यज्ञ गौतम (गुल्मी), डिलाराम पौडेल (कपिलवस्तु), चोलकान्त रेग्मी) नवलपरासी), टोलसरी राई (पाल्पा), इन्द्रमणि पोख्रेल (प्युठान) र बलराम पुरी (रोल्पा) रहेका छन् ।