ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

धागोले मोडिएका दूर्गा

संस्कृत विषय अध्ययन गर्ने सपना बोकेरप्रदेशिएका भण्डारी उद्यमी बन्ने सपना बोकेर घर फर्किए ।
२० माघ २०८०, शनिबार
२० माघ २०८०, शनिबार

बुटवल, १९ माघ । बावुआमाको इच्छा थियो संस्कृत विषयको राम्रो ज्ञाता बनाउने । आफ्ना बावुआमाको इच्छा पुरा गर्ने उनको पनि ठूलो सपना थियो । त्यहि सपना बोकेरसंस्कृत विषय अध्ययन गर्न स्याङ्गजा जिल्ला गल्याङ नगरपालिकाको पकवादीबाट भारतको लुधियाना तर्फ पढाई खर्च बोकेरहानिए मुक्तिप्रसाद भण्डारी । तरउनी संस्कृतका ज्ञाता नबनेरधागो उद्योगको जागिरे बन्दै भारत जानुको उद्देश्यबाटै मोडिए ।
युगनाथ भण्डारी रचन्द्रकला भण्डारी तीनवटा छोरा छोरी मध्ये कान्छा छोरा हुन् मुक्तिप्रसाद भण्डारी । २०२४ सालको असारमहिनामा जन्मिएका मुकितलाई बावु आमाले प्रारम्भिक शिक्षादेखि नै संस्कृत विषयतर्फ लगाव लगाएका थिए ।

प्रारम्भिक शिक्षा गाउँबाटै हासिल गरेका भण्डारीले १३ वर्षको उमेरमा भारतको लुधियाना तर्फ लागेका हुन् । संस्कृत विषयमा माध्यमिक तह सम्मको अध्ययन पुरा गरे । स्याङ्गजाको ग्रामिण बस्तीबाट सयौंकोस टाढा मुक्तिप्रसाद अध्ययनका क्रममा पुग्दा मध्यम वर्गिय भण्डारीलाई आर्थिक समस्याले सताउन लाग्यो । संस्कृत विषयमा उच्च शिक्षा हासिल गर्न पुगेका उनलाई कहिल्यै नमेटिने गरी धागोले मन खिच्यो । रोजगारीसँगै आर्थिक उपार्जनको खोजीमा भौतारिदै जाँदा नजिकैको बजारराजस्थानमा धागो कारखानामा खोजे जस्तो रोजे जस्तो रोजगारीको अवसरपाएपछि बावुआमा रआफ्नो बाल्य कालको सपनालाई उनले चटक्कै मोडिदिए ।

कारखानाबाट महिनाभरी काम गर्दा पाएको परिश्रमिकले गर्दा संस्कृत विषय पढ्ने इच्छा नै हराएको बताउने भण्डारी आर्थिक उपार्जनसँगै कारखानामा सिकेको सीपलाई अझ बढी तिखार्न लुधियानाको ठूलो धागो कारखानामा जागिरे भएको बताउँछन् ।
दुई वर्षको गहिरो अनुभव संगालेरफर्किएरबुटवलको ज्योतिनगरमा होजियारी उद्योग सञ्चालन गरेरजागिरेबाट मालिक बन्न पुगे । यहि क्रममा २०४७ सालमा स्याङ्गजा गल्याङ नगरपालिकाको तुलसीभञ्याङ गाउँबाट झपकला सँग श्रीमान श्रीमतीको नाता कायम गरे । नाता काउम गरेकै वर्षदिनमा छोराको बावु बनेको बताउने भण्डारी लगातारतीन सन्तानको बावु बनेपछि जीवन संगिनीलाई कहिल्यै नफर्किने गरी दैवले चुटालेरलगेको बताउँछन् । पत्नी वियोगको पिडामा भौतारिदै, उद्योग सञ्चालनको जिम्मेवारी एक साथ लिएरअगाडि बढेको भण्डारीले वियोगको दुईवर्ष पछि बुटवल ११ की मिनासँग दोस्रो सम्बन्ध जोडे पनि यो सम्बन्धलाई पनि निष्ठुरी दैवले १० वर्षपछि पुन चुटालेरलगिदिएको पीडालाई भाव विह्रोल हँुदै व्यत गरे ।

बुटवलमा पहिलो पटक होजियारी उद्योग आफुले नै सञ्चालन गरेको दावी गर्ने भण्डारी भन्दछन् । आफू एक्लैले सञ्चालन गरेको उद्योगमा यतिखेर२५ जनाले प्रत्यक्ष रूपमा रोजगारीको अवसरप्राप्त गरेका छन् । उमेरका हिसाबले झण्डै तीन बीस पुग्न आटेका भण्डारीलाई धन राख्ने प्रसस्त ठाउँ भएपनि मन राख्ने ठाउँ नहुँदाको पीडाले भत्भति पोलि नै रहँदो रहेछ ।

आफूले दुःख गरेरआर्जन गरेको सीप रप्रविधिबाट सञ्चालित उद्योगले जेठो छोराले इन्जियरिङ्ग विषयको अध्यन पुरा गरेरकाठमाडौको कलेजमा आफुले अध्यन गरेको विषयलाई अध्यापन गर्दे आएको कान्छो छोरा पनि इन्जियरिङ्ग विषय पुरा गरी नेपाल टेलिकममा स्थायी पदमा कार्यरत रहेको रकान्छी छोरीले पनि दाजुहरूको पढाइलाई पछ्याउदै गएको बताउने भण्डारीसँग ८३ बसन्त पारगरेकी आमालाई लालन पालन गर्दे आएको बताउछन् ।

संस्कृत विषय अध्ययन गर्ने सपना बोकेरप्रदेशिएका भण्डारी उद्यमी बन्ने सपना बोकेरघरफकिए । जसोतसो गरेरदुईलाख रुपिया जोहो गरेरउद्योग सञ्चालन गर्दा उनी सम्झिन्छन् भनिन्छ “त ँआट म पु¥याउँछु ” भने जस्तै आफुले उत्पादन गरेको बस्तु बजारमा सहज रूपमा पुग्न नसक्दाको पिडा सम्धmदै उनी भन्दछन् त्यतिबेला पनि विदेशी बस्तुको मोहका कारण आफना उत्पादन ले बजारपाउन सकेन । आफैले उत्पादन गरेको बस्तुलाई विदेशी लेवल लगाए पछि बजारको माग अनुसारउत्पादन गर्न नसकेको बलियो अनुभव संगालेका उद्यमी भण्डारी भन्दछन् बजारको माग अनुसारउत्पादन बढ्दै गयो । उत्पादन बढ्दै गए पछि कारखानामा कामदारको संख्या पनि बढ्दै गयो ।
आफ्नै प्रत्यक्ष नियन्त्रण रनिगरानीमा सञ्चालित उद्योगमा १० हजारदेखि ४८ हजारमासिक रूपमा पारिश्रमिक प्राप्त गर्ने श्रमिक रहेको बताउँछन् । स्वदेशमै यस्ता उद्योगबाट रोजगारीको अवसरसृजना हुने भए पनि नयाँ पुस्तामा यस्ता उद्योगको रोजगारीको अवसरप्रति आकर्षण घट्दै गएको गतिलो अनुभव उनले संगालेका छन् । नयाँ पुस्तालाई आकर्षण गर्न सरकारी तर्फबाटै पहल हुनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?