Butwal Today

कामाख्या मन्दिरमा शनिबार लोकानन्द स्वामीको प्रवचन

१९ माघ २०८०, शुक्रबार
अ+
अ-

बुटवल,१९ माघ । लुम्बिनी केबलकारको टप स्टेशन बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरमा शनिबार आध्यात्मिक तथा धार्मिक प्रवचन हुने भएको छ ।

बुटवल नयांगाउंस्थित मुक्तिनाथ धामका ब्रम्हनिष्ठ सन्त श्री १००८ स्वामी लोकानन्दले कामाख्यादेवी मन्दिर परिसरमा बिहान ९ बजदेखि प्रवचन शुरु गर्ने लुम्बिनी केबलकार लि.ले जनाएको छ ।

कामाख्या मन्दिर परिसरमा आफ्नो पहिलो प्रवचन कार्यक्रम भएकाले भक्तजनहरुलाई सहभागी हुन लोकानन्द स्वामीले आग्रह गरेका छन् ।
कामाख्या देवी मन्दिरमा धार्मिक र आध्यात्मिक गतिविधि बढाउन कम्पनीले प्रवचन कार्यक्रम आयोजना गरेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।