ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

सडक दुर्घटना न्युनिकरण र लागुऔषध बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

बुटवल, १७ माघ । नेपालमा सडक दुर्घटनाबाट मानविय र भौतिक क्षति भयाभव छ । अर्कोतर्फ समाजमा लागुऔषधकै कारण युवाहरु समस्यामा छन । समुदायस्तरमा दुर्घटना न्युनिकरण र लागुऔषधबारे सचेतना जगाउने उदेश्यका साथ बुटवलमा एक दिने सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनद्धारा आयोजनामा कोरिया नेपाल टेक्निकल ईन्टिच्युट बुटवल–१२, तामनगरमा अध्ययरत विद्यार्थीहरुमाझ कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जोन २५ का एजी सुनिल श्रेष्ठले युवा विद्यार्थीहरुलाई सचेत बनाउन सके परिवार र समाज सचेत हुने बताए । दैनिक जसो सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ठुलो रहेको तथा देशका कर्णधार मानिएका युवाहरु लागुऔषधमा फसिरहेको अवस्थालाई मध्येनजर गरि क्लबबाट सही विषयमा कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष कमला हमालले सडक दुर्घटना हुने कारण र यसको समाधानको खोजी गरेर सचेत गराउने गरि कार्यक्रम गरिएको बताईन । समुदायमा भएका समस्याको पहिचान गर्दै सरोकारवालाहरुसंग सहकार्यमा क्लबबाट वर्षभरि नै धेरै रचनात्मक कामहरु गरेको उनले बताईन ।

कार्यक्रममा सहजिकरण गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले सडक दुर्घटना र लागुऔषध एकअर्कामा जोडिएको विषय भएको बताए । कतिपय लागुऔषधका कारण दुर्घटना हुने उनको तर्क छ । लुम्बिनी प्रदेश दुर्घटनाका दृष्टिकोणबाट अगाडी रहेको भन्दै यसलाई न्युनिकरण गर्न सरोकारवाला निकायहरु सचेत भएर लाग्नुपर्ने बताए । प्रहरीमा लागुऔषधका धेरै मुद्या आउने गरेको भन्दै युवाहरु यसको चपेटामा परिरहेको दुखेसो गरे । खुला सिमा र लागुऔषधको सहज उपलब्धतालाई रोक्ने गरि समुदायस्तरमा सचेतना कार्यक्रमलाई थप जोड दिएर लैजानुपर्ने उनले बताए ।

यसैगरि कार्यक्रममा चौतारी फाउण्डेसनका काउन्सिलर अरुण थापाले लागुऔषध प्रयोगकर्तालाई सुधार गर्न सकिने भन्दै यस विषयमा अभिभावकहरुलाई बुझाउन सके धेरै फाईदा मिल्ने बताए ।

कार्यक्रममा ईन्टिच्युटका निमित्त प्रमुख अजिता शर्मा, क्लबका पूर्व अध्यक्ष जिवन अधिकारी, भरत राना, रबिलाल पोखरेल, सचिव प्रकाशराज पौडेल, सदस्य योगेन्द्र पन्थी, विद्यार्थी पुजन पोखरेलले समुदायमा देखिएको युवा र लागुऔषध दुब्र्यसनीको समस्या बारे प्रकाश पारेका थिए । कार्यक्रममा २ सय बढी विद्यार्थीहरु सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?