Butwal Today

अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँ : शशाङ्क कोइराला

१८ माघ २०८०, बिहीबार
अ+
अ-

नवलपुर, १८ माघ ।

नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् ।

नवलपरासी पूर्वको कावासोतीमा नेत्रप्रसाद भुसालको स्मृतिमा नेपाल प्रेस यूनियनद्धारा स्थापित पुरस्कार घोषणा कार्याक्रममा काँग्रेस केन्द्रीय सदस्य कोइरालाले अबको प्रधानमन्त्री माधवकुमार नेपाल बनाउनु पर्ने बताएका हुन् ।

कोइरालले भने, “सहमतिअनुसार माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ, तर प्रचण्ड जी मान्नु हुन्न् ।”

वर्तमान सरकारले जनचाहाना अनुसारको काम गर्न नसकेकाले नयाँ परिवर्तन आश्यक भएको नेता कोइरालाले आरोप लगाए । “प्रधानमन्त्री ज्यूले नै भनी सक्नु भएको छ कि उहाँ मन्त्रीहरूसँग सन्तुष्ट हुनुहुन्न, सरकारले किन गति लिएन त्यो त प्रधानमन्त्रीले जान्नु परो , स्पष्ट भिजन र शैली नभएको भएर समस्या देखिएको हो” ,कोइरालाले भने ।

नेपाली काँग्रेसको अव हुने महासमिति भेलामा धर्म र सङ्घीयताको विषयमा सहभागिताको संयुक्त हस्ताक्षर सहित माग पत्र पेश गर्ने उनले जानकारी दिए ।