Butwal Today

सुदूरपश्चिम लगानी सम्मेलन स-यो

१८ माघ २०८०, बिहीबार
अ+
अ-

धनगढी, १८ माघ ।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने भनिएको ‘लगानी तथा विकास सम्मेलन’ को मिति सारिएको छ । आउँदो फागुन २३ र २४ गतेका लागि धनगढीमा तय भएको भनिएको लगानी तथा विकास सम्मेलनको तयारी नपुगेको भन्दै सात महिना पछि धकेलिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को माघ १२ गते बसेको बैठकले तत्कालका लागि सम्मेलनको मिति सार्ने निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलनको मिति २०८१ असोज २१ र २२ गते लाई तोकेको छ ।

यसअघि मुख्यमन्त्री कमल बहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर ‘लगानी तथा विकास सम्मेलन’को लागि तयारी तीव्र पारिएको थियो । समितिले ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार गरिसकेको थियो । तर, अझै व्यापक तयारी आवश्यक रहेको भन्दै मिति सारिएको लगानी तथा विकास सम्मेलन कार्यकारी सदस्य नृप सुनारले बताएका छन् ।