ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बालबालिकामाथि बढ्दो हिंसाजन्य श्रृंखला

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

पछिल्लोसमय बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसाजन्य घटनामा बृद्धि भएको छ । खासगरी उनीहरूमाथि श्रम दुव्र्यवहार, यौन दुव्र्यवहार र मानसिकरूपमा दुव्र्यहारका घटना बढिरहेको विभिन्न रिपोर्टहरूले देखाएको छ । नेपालको कानुनले समेत समाजमा बालबालिकाविरुद्ध हुने हिंसा, यौनजन्य दुव्र्यवहारको रोकथामका लागि सरकारी संयन्त्रमाथि जिम्मेवारी दिएको छ तर सरकार सम्वद्ध निकाय भने यस प्रकारका घटना नियन्त्रणमा चासो राख्दैन । गाउँटोल तथा समाजमा हुने बालहिंसा तथा दुव्र्यवहारको घटना न्यूनीकरण गर्न तथा घटना भएमा पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ । तर, कहिलेकाहीँ प्रहरी नै बाधक देखिने गरेको छ ।

प्रहरीले यी घटनामा दोषीमाथि रिपोर्ट नै दर्ता गर्न अस्वीकार गर्ने र ठूला बडाको मुद्दामा जसरीपनि पीडितलाई अन्याय हुने काम गरेको देखिन्छ । महिला तथा लैङ्गिक हिंसाविरुद्धको अपराधबारे चौतर्फीरूपमा आवाजहरू उठिरहेको सन्दर्भमा बालबालिकामाथि हुने हिंसामा चासो दिनु जरुरी छ । हिंसा नियन्त्रण र न्यूनिकरणमा नेपालको भूमिका प्रभावकारी हुनुपर्दछ । हिंसाजन्य क्रियाकलापविरुद्ध समाजमा सचेतना फैलाउँदै न्यूनीकरणका लागि स्थानीयस्तरमा प्रत्यक्षरूपमा सहकार्य तथा अन्तरकृया गर्नु जरुरी छ । समाजमा रहेका कुरीति एवम् अन्धविश्वासले आज पनि बालबालिकाविरुद्ध हिंस्रक, पासविक तवरबाट यातना दिने, अङ्गभङ्ग बनाइदिने तथा ज्यानै लिने प्रकृतिका घटनाहरू भैरहेका छन तर दोषी भने उन्मुक्ति पाउने अवस्था छ । अपराध रोकथाम र नियन्त्रणमा प्रहरीले निभाउनुपर्ने भूमिकाको सन्दर्भमा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्ने बिषयमा विशेष चासो राख्नु जरुरी छ । घरेलु हिंसा, बालविवाह, मानवबेचबिखन, यौनशोषण, यौनदुराचार, बालश्रम तथा शोषणजस्ता अपराधबाट पीडित बालबालिकालाई न्यायको पहुँच दिलाउन सहयोग गर्नु जरुरी छ ।

बालबालिकाविरुद्धका अपराधमा आत्मसम्मान, गोपनीयताको सम्मान गर्नुपर्ने, उनीहरूलाई हेर्ने पूर्वाग्राहीपन, विभेदपूर्ण र लाञ्छनापूर्ण व्यवहारबाट बचाउनुपर्ने आम सचेत नागरिकको कर्तब्य हो । अवका दिनमा यस प्रकारका हिंसा तथा दुव्र्यवहारको रोकथामका लागि कार्यक्रम तथा रणनीतिहरू तयार गर्नेमात्र होइन दोषीमाथि कडा कारवाही गर्ने अवस्था सिर्जना गर्नु जरुरी छ । हिंसा तथा दुव्र्यवहारको रोकथामको महत्वपूर्ण पक्ष भनेको समुदायका सबै बयस्क तथा बालबालिकालाई लक्षित गरी सचेतना अभिवृद्धि गरिनु हो । पीडित तथा प्रभावित बालबालिका वा तिनका परिवारको संरक्षणमा सहयोग पुयाउन सकेमा अवस्थामा धेरै सुधार हुने आशा गर्न सकिन्छ । हिंसाको प्रत्यक्ष सम्बन्ध शक्तिसँग जोडिएको हुन्छ । चाहे त्यो कानुनी होस् या आर्थिक, सामाजिक, संस्कृतिक वा राजनीतिक शक्ति नै किन नहोस । त्यसमा पनि बालबालिकामाथिको हिंसाको कुरा गर्दा पितृसत्तात्मक संरचनाबाट निर्देशित र नियन्त्रित स्रोत–साधनका साथै अवसरमाथिको लामो समयसम्मको असमान पहुँचले गर्दा यस प्रकारका घटना बढ्दै गएको अवस्था छ । नेपालमा भौगोलिक विविधता मात्रै होइन, सामाजिक, संस्कृतिक र आर्थिक अवस्थाबीचको विविधता पनि उत्तिकै छ । जसले गर्दा बालबालिकामाथिको मात्रै होइन, महिला लैंङ्गिक हिंसाका स्वरूप र तह पनि विविध हुँदै गएका छन ।

अहिलेपनिे अधिकांश हिंसाका घटना यौन दुव्र्यवहारसंग जोडिएका छन । घरदेखि विद्यालय, कार्यालय तथा सार्वजनिक स्थलसम्म विभिन्न स्वरूपका बालिका र महिला हिंसाका घटनाका समाचार भने न्यून हुनुको सट्टा निरन्तर बढ्दो क्रममा छ । पछिल्लो पाँच वर्षको मात्रै तथ्यांक केलाउने हो भने देशभर करिव एकलाख त्यस्ता हिंसाका घटना दर्ता भएको छ । हिंसाको ग्राफ बढ्दै जानुमा समाजमा प्रचलित विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, कानुनी तथा राजनीतिक व्यवस्था जिम्मेवार छन । जसका कारण भौतिक, लैंङ्गिक, आर्थिक तथा मानसिक हिंसाका घटना दोहोरिईरहेका छन । अवका दिनमा हिंसाका घटना नियन्त्रणमा साझा चासो र चिन्तामात्र होइन, सरकार समेत हिंसाजन्य घटना नियन्त्रणका लागि अग्र भूमिकामा आउनु जरुरी छ । होइन भने विभिन्न सामाजिक संघ संस्था र गैरसरकारी संस्थाहरूको पहलले मात्रै नियन्त्रण असम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?