Butwal Today

तुलसीपुरको सुनचाँदी पसलमा आगलागी

१८ माघ २०८०, बिहीबार
अ+
अ-

दाङ, १८ माघ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ क लाईनको सुनचाँदी पसलमा आगलागी भएको छ ।

बिहीबार बेलुका साढे ७ बजेको समयमा राष्ट्रिय बाणिज्य बैंकको कार्यालय रहेको घरको पहिलो तलामा ललित गुप्ताले संचालन गरेको न्यु नेपाल सुनचाँदी पसलमा आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक ठाकुरप्रसाद पोख्रेलको नेतृत्वको टोली, तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयको सहयोगमा पौने ८ बजे आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट न्यु नेपाल सुनचाँदी पसल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिए । आगलागीको कारण खुलेको छैन् । मानवीय क्षति नभएको प्रहरीले बताएको छ । क्षतिको विवरण आउँन बाँकी छ ।