ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

इम्बोस्ड नम्बर प्लेटसँगै नक्कली लाइसेन्स जाँच्ने डिभाइस, यसरी गर्छ काम

१८ माघ २०८०, बिहीबार
१८ माघ २०८०, बिहीबार

काठमाडौं ।

सरकारले सवारीकाे इम्बोस्ड नम्बर प्लेट ट्र्याक गर्न रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) प्रयोग गर्ने भएको छ । पहिलाे चरणमा बिहीवारदेखि इम्बोस्ड पहिचान गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) प्रयोग गर्न लागेकाे यातायात व्यवस्था विभागले जनाएकाे छ ।

मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल प्रहरीलाई पाँच थान आरएफआईडी हस्तान्तरण गरेका थिए । यसअघि इम्बोस्ड नम्बर प्लेट वितरणको काम अगाडि बढेपनि त्यसमा भएको विवरण रिड गर्ने मसिन थिएन ।

२०७२ मा सरकारले २५ लाख इम्बोस्ड नम्बर प्लेटका लागि टाइगर डेकाटुरसँग सम्झौता गरेको थियो । उक्त सम्झौतामा १० ओटा आरएफआईडी गेट निर्माण गर्ने र १०० ओटा आरएफआईडी मसिन उपलब्ध गराउनुपर्ने उल्लेख थियो । त्यही सम्झौता बमोजिम प्राप्त भएका आरएफआईडी डिभासइमध्ये पाँच थान डिभाइस हस्तान्तरण गरिएको हो ।

देशभर १० ओटा आरएफआईडी गेट निर्माण गर्ने सम्झौता भएपनि सुरुवाती चरणमा काठमाडौंमा तीन ओटा गेट निर्माण भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार नागढुङ्गा, मुड्खुभन्ज्याङ जाने बाटो र एकान्तकुनामा गेट निर्माणको काम भइरहेको छ ।

“अहिले काठमाडौंका तीन ठाउँमा आरएफआईडी गेट निर्माणका चरणमा छन्,” रिजालले भने, “सबै ठाउँमा गेट बनाउन सम्भव हुँदैन किनभने यो खर्चिलो पनि छ । त्यसैले ह्यान्डल भयो भने सजिलो हुन्छ भनेर १०० ओटा आरएफआईडी मसिनका लागि सम्झौता भएको थियो । पहिलो चरणमा पाँच ओटा डिभाइस नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।”

आरएफआईडी गेट निर्माण भइसकेपछि उक्त गेटबाट प्रवेश गरेका इम्बोस्ड नम्बर प्लेट जडित सबै सवारी साधनको जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुम, विभागको डेटा सेन्टर र अन्य निकायमा पुग्छ । यसबाट विशेषगरी सवारी साधनको कर तिरको छ वा छैन, नम्बर प्लेट फरक गाडी फरक हो वा होइन, सवारीको कर तिरेको छ वा छैन, सवारी हाँक्ने व्यक्ति सवारीधनी हो वा होइन भन्ने कुरा पहिचान गर्न सकिने उनले सुनाए ।

के हो आरएफआईडी मसिन, अनि कसरी काम गर्छ ? 

आरएफआईडी रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइसको छोटो रूप हो । यस डिभाइसमा एकापट्टि मोबाइल डिस्प्ले हुन्छ भने अर्कोपट्टि आरएफआईडी ट्याग रिड गर्ने सेन्सर राखिएको छ । उक्त सेन्सरले १० मिटर टाढासम्मको सवारी साधनको विवरण उपलब्ध गराउने विभागको दाबी छ ।

दुई पाङ्ग्रे सवारी साधनको हकमा आरएफआईडी ट्याग इम्बोस्ड नम्बर प्लेटमा टासिएको हुन्छ । जसलाई हार्ड ट्याग भनिएको छ । त्यस्तै चार पाङ्ग्रे सवारी साधनको हकमा भने आरएफआईडी ट्याग गाडीको सिसामा टाँसिएको हुन्छ । त्यही सवारी साधनमा भएको ट्यागलाई नै आरएफआईडी गेट वा मसिनले रिड गरेर जानकारी सम्बन्धित निकायलाई उपलब्ध गराउँछ ।

आरएफआइडी मसिन ट्राफिक प्रहरीले बोकेका हुन्छन् । उनीहरूलाई विभागले कति जानकारी दिने त्यही सेट गरेर अकाउन्ट बनाइदिएको हुन्छ । डिभाइस सञ्चालन गर्नका लागि सबैभन्दा पहिले उक्त डिभाइस अन गर्नुपर्ने हुन्छ । त्यसपछि पूर्ण रूपमा अन हुन दिन तीन मिनेट राख्नुपर्ने हुन्छ । अनि डिभाइसमा इन्टरनेट कनेक्सन जोडिएको सुनिश्चित गर्नुपर्छ ।

त्यसका लागि यसमा अहिले साधारण सिम राखिएको छ । पछि मसिन-टु-मसिन सिम राख्ने विभागको योजना छ । डिभाइस इन्टरनेटमा कनेक्ट भएको सुनिश्चित भइसकेपछि भीपीएन एप्लिकेसन खोकेर भीपीएन कनेक्ट गर्नुपर्छ । अनि, इभरेस्ट नामको एप्लिकेसन खोलेर युजरनेम तथा पासवर्ड राखी लगइन गर्नुपर्छ ।

लगइन गरिसकेपछि इम्बोस्ड नम्बर प्लेट जडान भएको सवारी साधन नजिक लगेपछि उक्त डिभाइसले सवारी साधन पहिचान गर्छ र त्यसको विवरण उपलब्ध गराउँछ । कुनै पनि अकाउन्टले त्यहाँबाट के-कस्ता जानकारी पाउने भन्ने सफ्टवेयरबाट कस्टमाइज गर्न सकिने विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?